चितवनमा कुखुराजन्य उत्पादन ठप्प पार्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १९, २०७५
|
|
२६ पटक हेरिएको
Shares
चितवनमा कुखुराजन्य उत्पादन ठप्प पार्ने

सारांश

  • चितवन, १९ कात्तिक ।
  • पोल्ट्रीको राजधानीको रुपमा स्थापित चितवनका कुखुरा पालक किसानहरु लगात अनुसार मुल्य नपाएपछि आन्दोलित भएका छन् ।
  • नेपाल कुखुरा पालक किसान संघ केन्द्रिय समिति र जिल्ला समिति चितवनको अगुवाईमा चितवनका कृषकहरु आन्दोलित भएका हुन ।

चितवन, १९ कात्तिक । पोल्ट्रीको राजधानीको रुपमा स्थापित चितवनका कुखुरा पालक किसानहरु लगात अनुसार मुल्य नपाएपछि आन्दोलित भएका छन् । नेपाल कुखुरा पालक किसान संघ केन्द्रिय समिति र जिल्ला समिति चितवनको अगुवाईमा चितवनका कृषकहरु आन्दोलित भएका हुन ।

कुखुराको चल्ला देखि गुणस्तरीय दाना, औषधी, ल्याव जस्ता समस्या देखि मुल्यको समानता नहुँदा कुखुरा पालक किसान मर्कामा परेको उनीहरुले बताए । चल्ला र दाना खरिद गर्दा सप्लायर्सको मनोमानी र मासुका लागि तयार भएका कुखुरामा विचौलियाको दलालीले किसान मर्कामा परेको उनीहरुको भनाई छ । भने विचौलियालाई समेत कार्वाही गर्न माग गरेका छन् ।

कुखुरा व्यवसाय गर्न धेरै युवाहरु इच्छुक हुदाहुदै पनि कुखुराका चल्ला र दानामा मनोमानी, औषधीको अभाव, ल्याव टेष्टमा समस्या, बजारीकरणमा समस्या र दक्ष प्राविधिक नहुनुले कुखुरा व्यवसाय फस्टाउन नसकेको उनीहरुको निष्कर्ष छ । जिल्ला सदरमुकाम भरतपुरको चौविसकोठीदेखि सुरु भएको र्यालीमा जिल्लाभरिबाट आएका किसानहरुले विभिन्न र्यालीसहित नाराबाजी गरेका थिए ।

सो अवसरमा बोल्दै कसानहरुको नेपाल कुखुरा पालक संघका केन्द्रिय अध्यक्ष झलक पौडेलले चल्ला, दाना र तयारी मासु अनुसार कुखुराको मुल्य निर्धारण नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । ह्याचरी, दाना र कुखुरा सप्लार्यसले चल्लाको मुल्यमा, दाना मुल्यमा र सप्लार्यस गर्दा अत्याधिक मुल्य भएको तर किसानल पाउने मुल्य कम भएपछि किसानहरु पालाएन हुने अवस्था आएपछि सांकेतिक रुपमा सडकमा उत्रिदै आन्दोलन सुरु गरेको संघका केन्द्रिय अध्यक्ष झनक पौडेलले बताए । संघका चितवन जिल्ला अध्यक्ष नारायणप्रसाद दवाडीले अनुदानदेखि मासुको कारोबारसम्म किसानको भन्दा बिचौलिया र ठूला व्यवसायीका रजाइ रहेकोे बताए ।

किसानहरु राज्यबाटै मारमा परेको र पेशाबाट पलायन हुने अवस्था आएकाले त्यस विरुद्ध आन्दोलनका लागि एकता गरिएको बताए । “घाटामा जानुपर्ने अवस्था छ, यदि सम्म कि घर जग्गा बेच्ने, कति खाडीमा छन् उनले भने यस्तै हुने हो पोल्ट्री सेक्टरको जग भनेको किसान हो यदि किसान मारमा परे सबै तिर समस्या आउछ ।” मुल्य समायोजन हुदैन तबसम्म आफुहरुको आन्दोलन जारी राख्ने समितिले जनाएको छ ।

आफुहरुले माग पुरा नभएसम्म चितवनमा कुखुराजन्य उत्पादन ठप्प पार्ने र अन्य ठाउँबाट समेत ल्याउन नदिने तथा चितवनमा समेत कुखुरा नपाल्ने समितिले चेतावनी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?