भारतीय प्रधानमन्त्री मोदीकी पत्नी दुर्घटनामा घाइते
सारांश
- नयाँ दिल्ली, २४ माघ ।
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जसोदाबेन चढेको कार दुर्घटना भएको छ ।
- उक्त दुर्घटनामा जसोदाबेन घाइते भएकी छन् ।
नयाँ दिल्ली, २४ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जसोदाबेन चढेको कार दुर्घटना भएको छ । उक्त दुर्घटनामा जसोदाबेन घाइते भएकी छन् ।
जसोदाबेनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । राजस्थानको चित्तौडगढमा एक कार्यक्रममा सहभागी हुन गइरहेको बेला मोदीपत्नी जसोदाबेनको कार दुर्घटना भएको बताइएको छ । विवाहपछि प्रधानमन्त्री मोदी पूर्णकालीन रूपमा राजनीतिमा लागेपछि जसोदाबेन माइतीको संरक्षणमा रहँदै आएकी छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया