चोरीको सामानसहित ४ जनालाई पक्राउ
सारांश
- काठमाडौं, ६ पुस ।
- महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले चोरी भएको सामानसहित ४ जनालाई पक्राउ गरेको छ ।
- काठमाण्डौ महानगरपालिका ३३ पानीपोखरीबाट चेकजाँचको क्रममा काभ्रे फुलबारी चोक घर भई काठमाण्डौ नयाँबजार बस्ने १६ बर्षीय प्रज्वल तामाङ, रामेछाप घर भई काठमाण्डौ ढल्कु बस्ने १५ बर्षीय अनिल तामाङ र मकवानपुर पालुङ घर भई काठमाण्डौ स्वयम्भु बस्ने १५ बर्षीय राजिब देउलालाई चोरीमा प्रयोग हुने विभिन्न औजारहरू र १ थान ल्यापटप सहित पक्राउ गरेको हो ।
काठमाडौं, ६ पुस । महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले चोरी भएको सामानसहित ४ जनालाई पक्राउ गरेको छ ।
काठमाण्डौ महानगरपालिका ३३ पानीपोखरीबाट चेकजाँचको क्रममा काभ्रे फुलबारी चोक घर भई काठमाण्डौ नयाँबजार बस्ने १६ बर्षीय प्रज्वल तामाङ, रामेछाप घर भई काठमाण्डौ ढल्कु बस्ने १५ बर्षीय अनिल तामाङ र मकवानपुर पालुङ घर भई काठमाण्डौ स्वयम्भु बस्ने १५ बर्षीय राजिब देउलालाई चोरीमा प्रयोग हुने विभिन्न औजारहरू र १ थान ल्यापटप सहित पक्राउ गरेको हो
।
अनुसन्धानको क्रममा उनीहरुसँग विभिन्न चोरीमा संलग्न दोलाखा सिंगटी २ घर भई काठमाण्डौ पक्नाजोल बस्ने वर्ष १६ को निमा तामाङलाई नियन्त्रणमा लिई उनको कोठा र काठमाण्डौ महानगरपालिका १७ ढल्कु स्थित तण्डुकार होटलमा लुकाई छिपाई राखेको अवस्थामा २ थान ल्यापटप, ९ थान मोबाईल, १ थान धलौटको मुर्ती, १ थान सुन जस्तो देखिने औंठी, १ थान तिलहरी, १ थान चाँदीको पाउजु, २ थान चाँदीको चुरा, २ थान चाँदीको औंठी, १ थान चाँदीको सिक्री, ७५ थान मोडेल ५० लेखेको क्याप्सुल, १ थान घडी, १ थान पेस्तोल आकारको लाईटर, १ थान लेडिज ब्याग, २ थान लुगा बोक्ने झोला बरामद गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यस्तै, प्रहरीले काठमाण्डौ महानगरपालिका ६ बौद्ध टुसालबाट श्रोत नखुलेको नेपाली, चिनिया मुद्रा र १ थान मुर्ती सहित २ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले विहिवार बजे चेकजाँचको क्रममा भारतिय नागरिक छिरिङ दोर्जे र चिनिया नागरिक पन्चाउडी सवार स्कुटरको डिकिमा राखेको अवस्थामा १ किलो ५०० ग्रामको पँहेलो रंगको धातुको वुद्धको मुर्ती १ थान र पन्चाउडीको साथमा रहेको झोलाबाट नेपाली नगद १३ लाख ५० हजार, चिनिया मुद्रा युयान ४३०० बरामद गरेको हो । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।
प्रतिक्रिया