केएल टावरस्थित मोबाइलको मेगा मेलामा अवलोकनकर्ताको भीड
सारांश
- काठमाडौं ।
- दशैं र तिहारको अवसर पारी केएल टावरस्थित केएल मोबाइलले शुरु गरेको मोबाइलको मेगा एक्सपोमा हरेक मोबाइलको खरिदमा ४ वटा अफर रहेको छ ।
- मोबाइलको मेगा एक्सपोमा एक मोबाइल खरिद गर्दा हात खाली नजाने गिफ्ट ह्याम्पर, केएल मोबाइल हबकै बम्पर उपहार अन्तर्गत आरवान फाइभ बाकइ, मलेसिया सिंगापुर टुर प्याकेज र आइफोन ८ पाउने अवसरको साथै केएल टावरले शुरु गरेको दशैंतिहार उपहार योजना र मोबाइल कम्पनीहरुले दशैैको अबसर पारी दिएका विभिन्न छुट अफर पनि समाबेश गरिएको छ ।
काठमाडौं । दशैं र तिहारको अवसर पारी केएल टावरस्थित केएल मोबाइलले शुरु गरेको मोबाइलको मेगा एक्सपोमा हरेक मोबाइलको खरिदमा ४ वटा अफर रहेको छ ।
मोबाइलको मेगा एक्सपोमा एक मोबाइल खरिद गर्दा हात खाली नजाने गिफ्ट ह्याम्पर, केएल मोबाइल हबकै बम्पर उपहार अन्तर्गत आरवान फाइभ बाकइ, मलेसिया सिंगापुर टुर प्याकेज र आइफोन ८ पाउने अवसरको साथै केएल टावरले शुरु गरेको दशैंतिहार उपहार योजना र मोबाइल कम्पनीहरुले दशैैको अबसर पारी दिएका विभिन्न छुट अफर पनि समाबेश गरिएको छ ।
१ हजारदेखि १ लाख सम्मका जुनसुकै मोबाइलको खरिदमा ४ वटा अफर पाउने भएपछि एक्सपो अबलोकनकर्ताको भीड लागेको छ । जस्तोसुकै बिग्रेको मोबाइल पनि एक्सचेन्ज गर्न सकिने भएकाले एक्सपोमा पुराना मोबाइल दिएर नयाँ मोबाइल किन्नेको भीड नै लागेको केएल मोबाइल हबमा सेल्स मेनेजर अजय लामाले बताए ।
चाबहिल र यसको आसपासमा सबैभन्दा लेटेस्ट मल्टिब्राण्ड मोबाइल सोरुम बाट कारोबार गरिरहेको केएल मोबाइल हबमा टच एण्ड फिलसहित मोबाइलको बारोमा जानकारी दिन १३ वटा विभिन्न मोबाइल कम्पनीको टच एण्ड फिल जोन रहेको छ ।
मेला सुरु भएपछि मोबाइल हबमा ४० हजार भन्दा धेरै अवलोकनकर्ता आएको र १ हजार ५ सय भन्दा बढी मोबाइल सेटको कारोबार भइसकेको केएल मोबाइल हबकी मेनेजर उर्मिला लामाले बताइन् । मोबाइल हेरी ६० प्रतिशत सम्म छुट दिइएको यो एक्सपोमा एउटा किन्दा अर्को मोबाइल सित्तैमा पाउने अफर पनि समाबेश गरिएको छ ।
एक्सपोमा बिश्व बजारमा पाइने सबै मोबाइल ब्राण्डको कारोबार भइरहेको छ भने ६० मिनेटमा प्रत्यक्ष मोबाइल मर्मत गर्ने सुबिधा पनि रहेको मोबाइल हबले जनाएको छ ।
प्रतिक्रिया