कांग्रेस र प्रचण्ड- माधव समूहद्वारा प्रदेश १ सरकारको वार्षिकोत्सव बहिस्कार

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ३, २०७७
|
|
३४ पटक हेरिएको
Shares
कांग्रेस र प्रचण्ड- माधव समूहद्वारा प्रदेश १ सरकारको वार्षिकोत्सव बहिस्कार

सारांश

  • प्रचण्ड-माधव समूह र नेपाली कांग्रेसले प्रदेश १ को तेस्रो वार्षिकोत्सवलाई बहिस्कार गरेको छ ।
  • सोमबार मुख्यमन्त्री कार्यालयमा तेस्रो वार्षिकोत्सवमा प्रचण्ड(माधव समूह सहभागी भएन ।
  • वैधता सकिएको सरकारको कार्यक्रममा सहभागी नभएको प्रचण्ड(माधव समूहका नेता इन्द्र आङ्बोले बताए ।

प्रचण्ड-माधव समूह र नेपाली कांग्रेसले प्रदेश १ को तेस्रो वार्षिकोत्सवलाई बहिस्कार गरेको छ । सोमबार मुख्यमन्त्री कार्यालयमा तेस्रो वार्षिकोत्सवमा प्रचण्ड(माधव समूह सहभागी भएन ।वैधता सकिएको सरकारको कार्यक्रममा सहभागी नभएको प्रचण्ड(माधव समूहका नेता इन्द्र आङ्बोले बताए ।वैधता सकिएको सरकारको वार्षिकोत्सबमा सहभागी हुन आवश्य नठानेको उनको भनाई छ । यस्तै नेपाली कांग्रेसले पनि वार्षिकोत्सवमा सहभागिता भएको छैन । पार्टीको कार्यक्रम भएकाले सहभागी नभएको कांग्रेस प्रमुख सचेतक केदार कार्कीको भनाई छ ।

उनले खबर आए पनि जान आवश्यक नठानेको बताए । उनले भने, ‘पार्टीको कार्यक्रम पनि छ । सरकार संसद छल्नतर्फ लागेको छ ।’तर कांग्रेसबाट सांसद विन्दिया कार्की भने सहभागी भएकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?