चोर पक्रन घुस माग्ने इन्सपेक्टर अख्तियारको फन्दामा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ४, २०७५
|
|
२६ पटक हेरिएको
Shares
चोर पक्रन घुस माग्ने इन्सपेक्टर अख्तियारको फन्दामा

सारांश

  • प्रहरीको काम जनतालाई हरसम्भव उसको जीउधनको सुरक्षाको प्रत्याभूति दिलाउनु हो ।
  • तर कहिलेकाँही जनताको जीउधनको सुरक्षामा तल्लिन प्रहरी नै रक्षक नभई भक्षकको रुपमा देखा परे पर्छन् अनि प्रहरीमाथिको विश्वास पनि आम सर्वसाधारणमा हराएर जान्छ ।
  • सुर्खेतमा एक प्रहरी निरीक्षकले यस्तै व्यवहार देखाएका छन्, जसले प्रहरीको माथिको सर्वसाधारणको विश्वासमा सन्देह उत्पन्न गराएको छ ।

प्रहरीको काम जनतालाई हरसम्भव उसको जीउधनको सुरक्षाको प्रत्याभूति दिलाउनु हो । तर कहिलेकाँही जनताको जीउधनको सुरक्षामा तल्लिन प्रहरी नै रक्षक नभई भक्षकको रुपमा देखा परे पर्छन् अनि प्रहरीमाथिको विश्वास पनि आम सर्वसाधारणमा हराएर जान्छ । सुर्खेतमा एक प्रहरी निरीक्षकले यस्तै व्यवहार देखाएका छन्, जसले प्रहरीको माथिको सर्वसाधारणको विश्वासमा सन्देह उत्पन्न गराएको छ ।

इलाका प्रहरी कार्यालय, बाबियाचौर, सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले एक सुनचाँदी पसलमा चोरी भए पछि चोर पक्रन सहजीकरण गरिदिने भन्दै पीडितसँग उल्टै १५ हजार रुपैयाँ घुस मागे । तर घुस माग्ने निरीक्षकको प्रयास भने सफल हुन पाएन । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस माग्दामाग्दै पक्राउ गरेको छ ।

केही दिन अघि घटेको यसक घटनामा संलग्न प्रहरी निरीक्षकलाई जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर भएको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?