उत्तर कोरियाको एक प्राविधिक टोली पोखरामा

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ६, २०७५
|
|
५० पटक हेरिएको
Shares
उत्तर कोरियाको एक प्राविधिक टोली पोखरामा

सारांश

  • पोखरा ।
  • पर्यटकीय नगरी पोखरालाई स्मार्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ उत्तर कोरियाको एक प्राविधिक टोली पोखरा आएको छ ।
  • उत्तर कोरियाको इन्छन नेशनल विश्वविद्यालयका प्राध्यापक डा चोसको नेतृत्वमा आएको नौ सदस्यीय टोलीलाई पोखरापुगेको छ ।

पोखरा । पर्यटकीय नगरी पोखरालाई स्मार्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ उत्तर कोरियाको एक प्राविधिक टोली पोखरा आएको छ ।

उत्तर कोरियाको इन्छन नेशनल विश्वविद्यालयका प्राध्यापक डा चोसको नेतृत्वमा आएको नौ सदस्यीय टोलीलाई पोखरापुगेको छ । आइतबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले टोलीलाई स्वागत गरेका थिए ।

प्राविधिक टोलीसँगको भेटमा जिसीले पोखरालाई स्मार्ट सिटी बनाउने योजनासहित कामका बारेमा बताएका थिए । उत्तर कोरियासँग स्मार्ट शहरका लागि मिलेर काम गर्न तयार रहेको, स्मार्ट शहर बनाउने प्रारुप तयार गरिएको र कोरिया प्रविधिमा अगाडि बढेको देश भएकाले मिलेर काम गर्न सक्ने धेरै सम्भावना रहेको जिसीले बताए ।

पोखराको पर्यटन विकासको इतिहास लामो नभए पनि त्यस क्षेत्रमा काम गरेका अनुभवी व्यक्ति रहेको र पोखराको पर्यटनको गुरुयोजना बनाएर त्यहीअनुसार अघि बढ्दा नतिजामुखी हुने बताए ।

गुरुयोजना बनाएर काम गर्दा राम्रो हुने भएकाले उत्तर कोरियासँग मिलेर काम गर्न हामी तयार भएको बताए । प्रविधिमा हामी कमजोर भएकाले कोरियाको प्रविधिसँग मिलेर काम गर्दा राम्रो हुने, पर्यटकीय पूर्वाधार निर्माण र प्रविधिसँग जोडेर शहर र नागरिकलाई स्मार्ट बनाउनेतर्फ महानगर लागिरहेको बताइएको छ ।

उत्तर कोरियाका प्राध्यापक डा चोसले पर्यटनलाई प्रविधिसँग जोडेर अघि बढ्न तयार रहेको बताउँदै त्यसका लागि आफूहरूकोतर्फबाट सहयोग हुने बताएका छन् ।

(biergardenencinitas.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?