नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्णरुपमा समाधान गर्छौं : प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २६, २०८०
|
|
५६ पटक हेरिएको
Shares
नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्णरुपमा समाधान गर्छौं  : प्रधानमन्त्री

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नर्सिङ सेवामा देखिएका चुनौतीलाई पूर्णरुपमा समाधान गर्न सरकार प्रयत्नशील रहेको बताएका छन् ।
  • स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको कार्यभार सम्हालेको एक सय दिन पूरा गरेको अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले नर्सिङ सेवामा देखिएको चुनौती हाम्रा लागि अग्नि परीक्षासरह भएको बताए ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नर्सिङ सेवामा देखिएका चुनौतीलाई पूर्णरुपमा समाधान गर्न सरकार प्रयत्नशील रहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको कार्यभार सम्हालेको एक सय दिन पूरा गरेको अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले नर्सिङ सेवामा देखिएको चुनौती हाम्रा लागि अग्नि परीक्षासरह भएको बताए ।

उनले सो सेवामा सुधार गर्ने सङ्कल्पसमेत आफूले लिएको र यसमा देखिने गरी नै काम गर्ने प्रतिबद्धता जनाए । प्रधानमन्त्री दाहालले स्वास्थ्य शिक्षा, रोजगारी र खाद्य सम्प्रभूताजस्ता विषयलाई संविधानको मौलिक अधिकारका रुपमा लेखिएको भए पनि जीवन व्यवहारमा सुविधा पाए कि पाएनन् भन्ने विषय महत्त्वपूर्ण रहेको बताए ।

संविधानमा लेखिएका मौलिक अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न र आमनागरिकलाई सहज रुपमा सेवा प्रदान गर्न सरकार दत्तचित्त भएर लागिपरेको प्रधानमन्त्री दाहालको भनाइ छ । “संविधानमा लेख्ने कुरा त हामीले राम्रै लेखेका छौँ । जनताको सरदर आयु बढ्दै गएको छ । संविधानले परिकल्पना गरेजस्तो सुविधा पाए कि पाएनन् भन्ने कुरा महत्त्वपूर्ण छ । यस आधारमा सुविधा उपलब्ध गराउन सरकार लागिपरेको छ”, प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री दहालले सरकार सुशासनको पक्षमा मात्रै नभई स्वास्थ्य, शिक्षा र अन्य सेवा प्रदान गर्ने क्षेत्रमा निरन्तर सकारात्मक प्रयास थालेको बताए । प्रधानमन्त्री प्रचण्डले सङ्घीय शिक्षा विधेयकमा रहेको केही कमजोरी सच्याउने प्रक्रिया सुरु भएकोसमेत जानकारी दिए । प्रधानमन्त्री दहालले जोश र उत्साहका साथ केही काम गरी छाड्ने सङ्कल्पका साथ काम कारबाही अगाडि बढाएकामा स्वास्थ्यमन्त्री बस्नेतको प्रशंसा गरे ।

प्रधानमन्त्री दहालले सुर्तीजन्य पदार्थबाट आउने राजस्वलाई स्वास्थ्य क्षेत्रमा नै खर्च हुने वातावरण बनाउने बताए । उनले आगामी दिनमा यस क्षेत्रमा थप बजेट उपलब्ध गराउने र अभाव हुन नदिने विश्वाससमेत दिलाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाबालिगलाई जबर्जस्तीकरणी गरेको आरोपमा वडा अध्यक्ष श्रेष्ठ पक्राउ
नाबालिगलाई जबर्जस्तीकरणी गरेको आरोपमा वडा अध्यक्ष श्रेष्ठ पक्राउ
गर्मीे बढेसँगै झाडापखालाका बिरामी बढे
गर्मीे बढेसँगै झाडापखालाका बिरामी बढे
नीतिगत परिवर्तन गरी रूपान्तरित हुन प्रधानमन्त्रीको निर्देशन
नीतिगत परिवर्तन गरी रूपान्तरित हुन प्रधानमन्त्रीको निर्देशन
कांग्रेस बैठकः अधिकांश शीर्ष नेता तालमेलको पक्षमा, शेखर समूह विपक्षमा
कांग्रेस बैठकः अधिकांश शीर्ष नेता तालमेलको पक्षमा, शेखर समूह विपक्षमा
काठमाडौं ५ र ७ को रातभर रोकिएको मतगणना सुरु
काठमाडौं ५ र ७ को रातभर रोकिएको मतगणना सुरु
खनाललाई विमानस्थल भन्सार प्रमुखको जिम्मेवारीबाट हटाइयो
खनाललाई विमानस्थल भन्सार प्रमुखको जिम्मेवारीबाट हटाइयो
चार क्विन्टल गाँजासहित दुई भारतीय पक्राउ
चार क्विन्टल गाँजासहित दुई भारतीय पक्राउ
‘मोडल हन्ट नेपाल २०२३’का लागि ३८ प्रतियोगी छनौट
‘मोडल हन्ट नेपाल २०२३’का लागि ३८ प्रतियोगी छनौट
फेसबुकमा चरित्रहत्या गरेको भन्दै नवीना लामाद्वारा प्रहरीमा उजुरी !
फेसबुकमा चरित्रहत्या गरेको भन्दै नवीना लामाद्वारा प्रहरीमा उजुरी !
सोलुदूधकुण्ड नगरपालिकाले ७० वर्ष नाघेका वृद्धवृद्धालाई घरमै उपचार सेवा दिने