अपराध महाशाखाको ‘हिट लिस्टमा’ यि गुण्डा नाइकेहरु , पुर्व एआइजीका पार्टनर पनि सुचीमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ९, २०७५
|
|
१६ पटक हेरिएको
Shares
अपराध महाशाखाको ‘हिट लिस्टमा’ यि गुण्डा नाइकेहरु , पुर्व एआइजीका पार्टनर पनि सुचीमा

सारांश

  • काठमाडौं, ९ असार ।
  • महानगरिय अपराध महाशाखाले गुण्डाहरुको सुची नै बनाएर अप्रेसन थालेको छ ।
  • गुण्डागर्दीमा संलग्न केहीलाई पक्राउ गरेको प्रहरीले २३ जना नाइकेलाई त उच्च निगरानीमै राखेको छ ।

काठमाडौं, ९ असार । महानगरिय अपराध महाशाखाले गुण्डाहरुको सुची नै बनाएर अप्रेसन थालेको छ ।

गुण्डागर्दीमा संलग्न केहीलाई पक्राउ गरेको प्रहरीले २३ जना नाइकेलाई त उच्च निगरानीमै राखेको छ । दीपक मनांगे उर्फ राजीव गुरुङ र स्याल भनिने सञ्जीव लामा पक्राउ परिसकेका छन् ।

काभ्रेका  डन गणेश लामा र उनकै सहयोगमा हुर्किएका अशोक लामा थुनामै छन् । गणेशलामा लाइ हातहतियार मुद्दामा पक्राउ गरिएको थियो भने अशोकलाई जबरजस्ती चन्दा असुलेको अभियोगमा प्रहरीले खुट्टामा गोली हानी नियन्त्रणमा लिएको थियो । चालचलनका आधारमा वर्गीकरण गरेर केही पक्राउ परिसकेका छन् । केही उच्च निगरानीमा छन् ।

अशोक लामामाथि गोली प्रहार गर्नु र डनले लिएका लाइसेन्स प्राप्त हतियार जफत गर्नु यसका उदाहरण हुन् । महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले गुण्डागर्दी नियन्त्रणप्रति प्रहरी आक्रामक ढंगले लागेको वताए  ।

प्रहरी स्रोतका अनुसार पुराना गुण्डा नाइके  मिलन गुरुङ ‘चक्रे’ , सट्टेबाजीका नाइके काभ्रेली गुण्डा दावा लामा, प्रहरीले हतियार खोसेका गुण्डा काजी शेर्पा, ललितपुरका गुण्डा मिनकृष्ण महर्जन, मिटरब्याजका नाइके बिरेन्द्रलाल श्रेष्ठ, पुर्व एआइजी बिज्ञानराज शर्माका पार्टनर गुण्डा राजु गोर्खाली, काभ्रेली गुण्डा बिष्णु लामा, उमेश लामा, सगुन श्रेष्ठ, शरद गौचन हत्याका नाइके समिरमान बस्नेतका सहयोगीहरु लोप्साङ राइ, अम्बर राना, रोशन बुढाथोकीलगायत हिट लिस्टमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असिनापानीले धानबाली नष्ट
असिनापानीले धानबाली नष्ट
चलचित्र ‘कीर्तिपुर’ असार १३ गतेदेखि देशरभरका सिनेमा हलमा प्रदर्शन हुँदै
चलचित्र ‘कीर्तिपुर’ असार १३ गतेदेखि देशरभरका सिनेमा हलमा प्रदर्शन हुँदै
सिद्धान्त कस्तो छ, व्यवहारले देखाउँछ : अध्यक्ष नेपाल
नारायणकाजी श्रेष्ठ १५७६ मतान्तरले पछि, बाबुरामकाे मत  ८७९५
नारायणकाजी श्रेष्ठ १५७६ मतान्तरले पछि, बाबुरामकाे मत ८७९५
आजै साँझ फेरि संवैधानिक परिषद बैठक किन डाकियो ?
आजै साँझ फेरि संवैधानिक परिषद बैठक किन डाकियो ?
‘बिग बोस’का पुर्व सहभागी विवेक कार दुर्घटनामा घाइते
‘बिग बोस’का पुर्व सहभागी विवेक कार दुर्घटनामा घाइते
हामीले एक खेल हारेका हौं, प्रतियोगिताबाट बाहिरिएका होइनौं: जर्मनी प्रशिक्षक लो
हामीले एक खेल हारेका हौं, प्रतियोगिताबाट बाहिरिएका होइनौं: जर्मनी प्रशिक्षक लो
प्रचण्डलाई भेटेर वर्षमानले भने,‘प्रधानमन्त्रिले यस्तैगरि पेल्दै जाने हो भने हामी काम गर्न सक्दैनौं,
प्रचण्डलाई भेटेर वर्षमानले भने,‘प्रधानमन्त्रिले यस्तैगरि पेल्दै जाने हो भने हामी काम गर्न सक्दैनौं,
भारत र पाकिस्तान आमने सामने, दुवैले खसाले एकअर्काका लडाकू विमान
भारत र पाकिस्तान आमने सामने, दुवैले खसाले एकअर्काका लडाकू विमान
यसरी मनाउँदैछन् शीर्ष नेताले दशैँ
यसरी मनाउँदैछन् शीर्ष नेताले दशैँ

तपाईंले छुटाउनुभयो कि?