भारतमा एकैदिन २६ हजार कोरोना संक्रमित, अहिलेसम्मकै उच्च

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २६, २०७७
|
|
३४ पटक हेरिएको
Shares
भारतमा एकैदिन २६ हजार कोरोना संक्रमित, अहिलेसम्मकै उच्च

सारांश

  • २६ असार : भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा २६ हजारभन्दा बढी पुगेको छ ।
  • सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ५०६ जना संक्रमित भएका छन् ।
  • यो संख्या दैनिक संक्रमित भएकाहरुको संख्या मध्ये सवैभन्दा धेरै पनि हो ।

२६ असार : भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा २६ हजारभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ५०६ जना संक्रमित भएका छन् । यो संख्या दैनिक संक्रमित भएकाहरुको संख्या मध्ये सवैभन्दा धेरै पनि हो ।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ४७५ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या सात लाख ९३ हजार ८०२ पुगेको अधिकारीहरुले जनाएका छन् ।

भारतमा अहिले पनि दुई लाख ७६ हजार ६८५ जना संक्रमित अवस्थामै रहेका छन् भने चार लाख ९५ हजार ५१३ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २१ हजार ६०४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

कोरोनाबाट भारतमा सवैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र प्रदेशमा दुई लाख ३० हजार ५९९ जना संक्रमित भएका छन् । त्यसैगरी तमिलनाडुमा एक लाख २६ हजार ५८१ जना र दिल्ली प्रदेशमा एक लाख सात हजार ५१ जना संक्रमित भएका छन् ।एएनआई

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली क्रिकेटले चाँडै नै निकास पाउनेमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) आशावादी
नेपाली क्रिकेटले चाँडै नै निकास पाउनेमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) आशावादी
ग्रीसका आप्रवासी शरणार्थीको माग
ग्रीसका आप्रवासी शरणार्थीको माग
नीति तथा कार्यक्रम एवं बजेट छलफल कर्मकाण्डी : अध्यक्ष तिमिल्सिना
नीति तथा कार्यक्रम एवं बजेट छलफल कर्मकाण्डी : अध्यक्ष तिमिल्सिना
America’s poor becoming more destitute under Trump: U.N. expert
मनसुनी प्रणाली देशभर फैलिएसँगै विभिन्न स्थानमा भारी वर्षा
मनसुनी प्रणाली देशभर फैलिएसँगै विभिन्न स्थानमा भारी वर्षा
महामन्त्री ढकालबारे उपसभापति अर्यालः पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ
महामन्त्री ढकालबारे उपसभापति अर्यालः पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ
१० स्थानीय तहको परिणाम : एमाले ५, कांग्रेस ३ र एकीकृत समाजवादी २ वटामा विजयी
१० स्थानीय तहको परिणाम : एमाले ५, कांग्रेस ३ र एकीकृत समाजवादी २ वटामा विजयी
सुदुरपश्चिममा भीम रावललाई झड्का, बहुमत सदस्य माधव नेपालको पार्टीतर्फ
सुदुरपश्चिममा भीम रावललाई झड्का, बहुमत सदस्य माधव नेपालको पार्टीतर्फ
‘हामी अन्तिम १६ मा प्रवेश गर्न पनि लायक थिएनौं’ -जर्मनी प्रशिक्षक जोचिम लो   
‘हामी अन्तिम १६ मा प्रवेश गर्न पनि लायक थिएनौं’ -जर्मनी प्रशिक्षक जोचिम लो  
आजको राशीफल
आजको राशीफल

तपाईंले छुटाउनुभयो कि?