सरकारले दोहोरो कर लिनेलाई कारवाही गर्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १५, २०७५
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं,१५ असाेज ।
  •   सरकारले कर बढाएको भन्दै चौतर्फी विरोध भइरहेका बेला कार्यवहाक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले करसम्बन्धि अराजकता फैल्याउनेमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन्।
  • कार्यवहाक प्रधानमन्त्री पोखरेलले दोहोरो कर लिए त्यसविरुद्ध प्रतिकारमा उत्रन निजी क्षेत्रका व्यवसायीलाई आह्वान गरे।

काठमाडौं,१५ असाेज ।  सरकारले कर बढाएको भन्दै चौतर्फी विरोध भइरहेका बेला कार्यवहाक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले करसम्बन्धि अराजकता फैल्याउनेमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन्। कार्यवहाक प्रधानमन्त्री पोखरेलले दोहोरो कर लिए त्यसविरुद्ध प्रतिकारमा उत्रन निजी क्षेत्रका व्यवसायीलाई आह्वान गरे।

सोमबार ललितपुर उद्योग वाणिज्य संघको ३९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले स्थानीय, प्रदेश र संघीय सरकारबीच कानुनको ठेगान नलागेकाले कर सम्बन्धि अराजकता देखिएको उल्लेख गर्दै ती समस्या छिट्टै समाधान गर्ने आश्वासन दिए। उनले सर्वसाधारणलाई मारमा पार्ने गरी सरकारले कर नलिने जिकिर गरे। कार्यवहाक प्रधानमन्त्री पोखरेलले करसम्बन्धि सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताए। कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले व्यवसायीहरु करको मारमा परेको भन्दै सरकारसँग गुनासो गरेकी थिइन्। उनले स्थानीय र प्रदेश सरकारले दोहोरो करको मारमा पारेपछि व्यवसायीहरु आतंकित हुनु परेको उल्लखे गरिन।महासंघले करको दायरा बढाउन तर दोहोरो करको मारमा नपार्न सरकारलाई दबाव दिँदै आएको छ।

(https://basicbluesnation.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?