छतबाट खसेर सशस्त्र प्रहरी जवानको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १७, २०७४
|
|
२४ पटक हेरिएको
Shares
छतबाट खसेर सशस्त्र प्रहरी जवानको मृत्यु

सारांश

  • संखुवासभाको चैनपुरमा  घरको छतबाट खसेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।
  • शुक्रबार बिहान छतबाट खसेर खाँदबारी–४ बरुवालगाउ निवासी चन्द्रमणि काफ्लेको ज्यान गएको  जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
  • विगत ७ वर्ष अगाडी सशस्त्र प्रहरीमा भर्ना भएका थिए ।

संखुवासभाको चैनपुरमा  घरको छतबाट खसेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । शुक्रबार बिहान छतबाट खसेर खाँदबारी–४ बरुवालगाउ निवासी चन्द्रमणि काफ्लेको ज्यान गएको  जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । विगत ७ वर्ष अगाडी सशस्त्र प्रहरीमा भर्ना भएका थिए ।

उनी सरुवा भएर करिब डेढ वर्षअघि मात्रै सशस्त्र प्रहरी अरुणदल गुल्म चैनपुर घर पायक भनेर आएका थिए । डियुटीमै रहेका बेला शुक्रबार बिहान ३ बजेतिर मोबाइलमा कुरा गर्दैगर्दा उनी छतबाट खसेको जनाएको छ । उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । काफ्लेको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याएर पनि अन्तेष्टिका लागी आफन्तलाई बुझाइ सकिएको छ भने उनको आजै अरुण नदीमा दाहसंस्कार हुदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?