ओलीको प्रश्नः को-को उम्मेदवार हुँदा हराउन नपाइने हो ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २३, २०७४
|
|
३९ पटक हेरिएको
Shares
ओलीको प्रश्नः को-को उम्मेदवार हुँदा हराउन नपाइने हो ?

सारांश

  • २३ जेठ, काठमाडौं ।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्ष चुनाव हार्न तयार नभएको आरोप लगाएका छन् ।
  • भरतपुर महानगरको वडानम्बर १९ को केही मतपत्र च्यातिएकोभरमा प्रयोजित रुपमा पुनः मतदानमा जाने निर्णय भएको भन्दै उनले यो डरलाग्दो र दुःखद भएको बताए ।

२३ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्ष चुनाव हार्न तयार नभएको आरोप लगाएका छन् । भरतपुर महानगरको वडानम्बर १९ को केही मतपत्र च्यातिएकोभरमा प्रयोजित रुपमा पुनः मतदानमा जाने निर्णय भएको भन्दै उनले यो डरलाग्दो र दुःखद भएको बताए ।

उनले भने, ‘चुनावमा हारजित हुन्छ । तर, सत्तापक्ष केही-केही ठाउँमा हार्न तयार भएको छैन ।’

ओलीले अघि भने, ‘को को हुँदा हराउन नपाइने हो कमसेकम प्रतिपक्षलाई थाहा पाए माइन्ड मेकअप गर्न पाइन्थ्यो । नत्र परीणाम स्वीकार गर्नुपर्छ ।’

भरतपुरमा मतपत्र च्यात्नेलाई तत्काल प्रहरीले नियन्त्रणमा लिँदा पनि कब्जा भन्नु अनौठो भएको बताए । उनले संसदमा प्रश्न गरे, ‘निर्वाचन अधिकृत कब्जामा थियो ? प्रहरी प्रमुख कब्जामा थियो ? उम्मेदवार कब्जामा थियो ?’

निर्वाचन अधिकृतले मतगणनास्थल रणभूमितुल्य भएको र मतगणना सहज रुपमा गर्न नसक्ने अवस्था भएको रिपोर्ट पठाएको भन्दै उनले भने, ‘निर्वाचन आयोगले त्यस गोलमटोल रिपोर्टलाई विश्वास गरेन र अनुगमन टोली पठायो ।’

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Mukunda Dhungana

    प्रधानमन्त्री भएर निर्वाचन गराउनु पर्छ थाह भई हाल्छ

    Comment Author

    Dev Bhattarai

    Yo.pagalko.kura.nagaru.ho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एएफसी छनोट खेल्ने महिला टोली घोषणा
एएफसी छनोट खेल्ने महिला टोली घोषणा
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पहिलो र दोस्रो संविधानसभा सदस्यलाई संविधानसभा पदकबाट सम्मानित
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पहिलो र दोस्रो संविधानसभा सदस्यलाई संविधानसभा पदकबाट सम्मानित
तीन महिनासम्म सडकमै बास, अनि यसरी जन्मियो ‘मामाघर’
तीन महिनासम्म सडकमै बास, अनि यसरी जन्मियो ‘मामाघर’
गगन सभापतिमा उठ्नेबारे शेखर अनभिज्ञ
गगन सभापतिमा उठ्नेबारे शेखर अनभिज्ञ
निर्मलाको न्यायका लागि माइतीघर मन्डलामा प्रदर्शन
निर्मलाको न्यायका लागि माइतीघर मन्डलामा प्रदर्शन
पठाओ र टुटल बिरुद्ध ट्याक्सी व्यवसायी, नियम विपरित निजी सवारीले यात्रु बोकेको भन्दै ट्याक्सी व्यवसायी आक्रोसित
पठाओ र टुटल बिरुद्ध ट्याक्सी व्यवसायी, नियम विपरित निजी सवारीले यात्रु बोकेको भन्दै ट्याक्सी व्यवसायी आक्रोसित
चिसोले जम्यो खोला, पानीका लागि बरफ पगाल्दै
चिसोले जम्यो खोला, पानीका लागि बरफ पगाल्दै
युनिटीका संचालकलाई सर्वोच्चले दियो सफाई !
युनिटीका संचालकलाई सर्वोच्चले दियो सफाई !
एसियन राजमार्गको स्तरोन्नतिमा तीव्रता: सहरी क्षेत्रमा ५० मिटर सडक चौडा
एसियन राजमार्गको स्तरोन्नतिमा तीव्रता: सहरी क्षेत्रमा ५० मिटर सडक चौडा
परियोजनाको तयारी नगरी बजेट दिँदा पूँजीगत खर्च भएन– डा. पुष्पराज कँडेल उपाध्यक्ष राष्ट्रिय योजना आयोग
परियोजनाको तयारी नगरी बजेट दिँदा पूँजीगत खर्च भएन– डा. पुष्पराज कँडेल उपाध्यक्ष राष्ट्रिय योजना आयोग