निर्मला हत्या प्रकरण: नेपाल प्रहरीलाइ अायाे यस्ताे निर्देशन

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २४, २०७५
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं,  २४ मंसिर।
  •   संसदीय समितिले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई तत्काल सार्वजनिक गरी दोषीमाथि कडा कारबाही गर्न नेपाल प्रहरीलाई पुनः निर्देशन दिएको छ ।
  • संघीय संसद राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले मुलुकमा बढ्दो हत्या, हिंसा, चोरी, डकैती नियन्त्रणका लागि आवश्यक सजकता र सतर्कता अपनाउन पनि नेपाल प्रहरीलाई सचेत गराएको छ ।

काठमाडौं,  २४ मंसिर।  संसदीय समितिले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई तत्काल सार्वजनिक गरी दोषीमाथि कडा कारबाही गर्न नेपाल प्रहरीलाई पुनः निर्देशन दिएको छ । संघीय संसद राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले मुलुकमा बढ्दो हत्या, हिंसा, चोरी, डकैती नियन्त्रणका लागि आवश्यक सजकता र सतर्कता अपनाउन पनि नेपाल प्रहरीलाई सचेत गराएको छ ।

निर्मला पन्तको हत्यारालाई तत्काल सार्वजनिक गरी कडा कारबाही गर्न नेपाल प्रहरीलाई पुनः निर्देशन दिनु परेको समितिकी सभापति तारादेवी भट्टले जानकारी दिनु भयो । समितिले मुलुकमा शान्ति सुरक्षा कायम गर्न पनि नेपाल प्रहरीलाई सतर्क रहन सचेत गराएको छ । बैठकमा समितिका सदस्यहरुले निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको चर्को आलोचना गरेका थिए । जवाफमा प्रहरी महानिरीक्षक खनालले निर्मला पन्तको हत्याराको खोजी कार्य जारी रहेको बताउनु भयो । उहाँले त्यस घटनालाई प्रभावित तुल्याउने गतिविधि हुन नदिन समितिसँग आग्रह पनि गर्नुभयो ।

महानिरीक्षक खनालले नेपाल प्रहरीले निर्मला पन्त हत्या घटनाको अनुसन्धानको कामलाई आफ्नो क्षमताले भ्याएसम्म इमान्दारिताका साथ गरिरहेको पनि स्पष्ट पार्नु भयो । सीसीटीभीलगायतका अनुसन्धानलाई सहज बनाउने संयन्त्र नभएकाले सो घटनाको अनुसन्धानलाई टुंगोमा पुर्याउन समय लागेको उहाँको भनाई थियो । प्रहरी महानिरीक्षक खनालले निर्मला पन्तको हत्यारालाई कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता पनि समिति समक्ष पटकपटक दोहोर्याउनु भयो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?