जब प्रधानमन्त्री ओली चिनियाँ भाषा बोले…

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ६, २०७५
|
|
२४ पटक हेरिएको
Shares
जब प्रधानमन्त्री ओली चिनियाँ भाषा बोले…

सारांश

  • शिखरन्युज, ६ असार- प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा औपचारिक भ्रमणमा गएको टोलीलाई बेइजिङमा स्वागत गरिएको छ ।
  • प्रधानमन्त्री ओलीले शुरुमै मन्तव्य व्यक्त गरेका थिए ।
  • उनले चिनियाँ भाषाबाट बोल्न शुरु गरेका थिए ।

शिखरन्युज, ६ असार- प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा औपचारिक भ्रमणमा गएको टोलीलाई बेइजिङमा स्वागत गरिएको छ । प्रधानमन्त्री ओलीले शुरुमै मन्तव्य व्यक्त गरेका थिए । उनले चिनियाँ भाषाबाट बोल्न शुरु गरेका थिए । ‘तपाईंहरूलाई भेट्न पाउँदा म निकै खुसी छु’ चिनियाँ भाषामा बोल्दै भाषण शुरु गरेका थिए ।

प्रधानमन्त्री ओलीले नेपाल र चीन सधैँ अप्ठेरोको साथी र एक–अर्काको सहयोगी भएको बताए । ‘अप्ठ्यारो समयमा सधैँ एक–अर्काको सहयोगी बन्दै आएको र साझा विकास र दीर्घकालीन शान्तिको लागि सहकार्य गर्नुपर्छु प्रधानमन्त्री ओलीले भने, ‘चीनसँग नेपालको यातायात, पर्यटन, लगानी लगायतका क्षेत्रमा महत्वपूर्ण सहकार्य हुनसक्नेछ ।’

नेपालमा लगानी गर्न चिनियाँ पक्षलाई आह्वान गरेका छन् । नेपालमा प्रविधिमार्फत कृषि र उद्योगमा विकास गरी युवालाई रोजगार दिन चीनसँग सहकार्य हुनसक्नेमा जोड दिए । धेरैअघि नेपाल दक्षिण एसियासँग चीनलाई जोड्ने आर्थिक हब भएकाले अब दुवै देशको हितका ब्युँताउनुपर्ने बताए ।

त्यसपछि मंगलबार राति प्रधानमन्त्री ओली चीनका विभिन्न विषयका विज्ञहरूसँगको रात्रिभोजमा सहभागी भएका थिए । त्यसैगरी चीनस्थित नेपाली दूतावासद्वारा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी बनेका थिए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    खकिन्द्र वली

    अब चिनियाभाषामा पनि पिएचडी गर्नेभए बुढाले

    Comment Author

    Gurung Raja

    Modi ko nakal garayko hola

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?