कृषिको यान्त्रिकीकरणमा जोड दिनुपर्छः कृषि राज्यमन्त्री प्रसाईं

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
२३ पटक हेरिएको
Shares
कृषिको यान्त्रिकीकरणमा जोड दिनुपर्छः कृषि राज्यमन्त्री प्रसाईं

सारांश

  • भद्रपुर, ५ माघ ।
  • कृषि विकास राज्यमन्त्री सरिता प्रसार्इंले कृषिको आधुनिकीकरण एवं यान्त्रिकीकरण गर्नमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोग पु¥याउने बताएका छन् ।
  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर जोन (धान) एकाइ बनियानी झापाद्वारा आज झापाको केचनाकवल गाउँपालिका वडा नं ४ स्थित फर्कागाछीमा आयोजित बोरो (हिउँदे) धान क्षेत्र विस्तार कार्यक्रमको शुभारम्भ गर्दै उनले सो कुरा बताएका हुन् ।

भद्रपुर, ५ माघ । कृषि विकास राज्यमन्त्री सरिता प्रसार्इंले कृषिको आधुनिकीकरण एवं यान्त्रिकीकरण गर्नमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोग पु¥याउने बताएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर जोन (धान) एकाइ बनियानी झापाद्वारा आज झापाको केचनाकवल गाउँपालिका वडा नं ४ स्थित फर्कागाछीमा आयोजित बोरो (हिउँदे) धान क्षेत्र विस्तार कार्यक्रमको शुभारम्भ गर्दै उनले सो कुरा बताएका हुन् ।

राज्यमन्त्री प्रसार्इंले परम्परागत खेती प्रणालीलाई आधुनिकीकरणतर्फ लैजानुपर्ने अहिलेको आवश्यकता हो भन्दै अन्नमा आत्मनिर्भर बनाउन, उत्पादन बढाउन र लागत कम गराउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना निकै उपयोगी हुने बताए ।

कृषकको जागरुकताबाट नै कृषिमा आधुनिकीकरण आउने भएकाले यसतर्फ सबै किसानको ध्यान जानु आवश्यक छ, उनले भने – “कम लागतमा बढी उत्पादन लिन सक्नु नै यो परियोजनाको मुख्य उद्देश्य हो ।”

प्रदेशसभा सदस्य वशन्त बानियाँले परम्परागत खेतीलाई आधुनिकीकरण नगरेसम्म अन्नमा आत्मनिर्भर बन्न नसकिने बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालक समितिका अध्यक्ष नवराज भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा कृषि मन्त्रालयका वरिष्ठ अर्थ विज्ञ रामबाबु अधिकारी, सुपर जोन बनियानीका वरिष्ठ अधिकृत मेघनाथ तिमल्सेना र परियोजन सञ्चालक समितिका सहसंयोजक चिन्तामणि खरेलले कृषिमा आधुनिकीकरणका विविध पक्षमाथि प्रकाश पारे ।

कार्यक्रममा कृषि राज्यमन्त्री प्रसार्इंले धानको बीउ राख्ने मेशिन, धान छर्ने मेशिनको शुभारम्भ गर्नुका साथै हरित कृषक समूहद्वारा तयार पारिएको खेतमा बोरो धानको रोपाइँ पनि गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?