योगका माध्यमबाट नेपाललाई अगाडि बढाउनुपर्छ : अध्यक्ष ओली

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ६, २०८०
|
|
१७ पटक हेरिएको
Shares
योगका माध्यमबाट नेपाललाई अगाडि बढाउनुपर्छ : अध्यक्ष ओली

सारांश

  • काठमाडौँ ।
  • नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले योगका माध्यमबाट पछाडि परेको नेपाललाई अगाडि बढाउन अग्रसर हुनुपर्ने बताएका छन् ।
  • ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले ज्ञान र योगको जन्मभूमि तथा जैविकताभूमि नेपाल पछाडि परेकाले योगको माध्यमबाट अगाडि बढाउनुपर्ने बताए ।

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले योगका माध्यमबाट पछाडि परेको नेपाललाई अगाडि बढाउन अग्रसर हुनुपर्ने बताएका छन् ।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले ज्ञान र योगको जन्मभूमि तथा जैविकताभूमि नेपाल पछाडि परेकाले योगको माध्यमबाट अगाडि बढाउनुपर्ने बताए ।

अध्यक्ष ओलीले नेपालमा विस्तार योग विलिन भएर गएको भन्दै योगमा फेरि जागरण आएको र उत्थान गरेर अगाडि लैजान आवश्यक रहेको बताए । नेपालको अहिलेको स्थितिलाई परिवर्तन गर्नका लागि सङ्कल्प, तपस्या र ध्यान आवश्यक रहेको बताए ।“बिना सङ्कल्प, बिना तपसया, बिना ध्यान मुलुकलाई परिवर्तन गर्न सकिँदैन”, उनले भने, “सङ्कल्प, ध्यान र तपसया गरेपछि विचार आउँछ र सोही विचारले मुलुकलाई परिवर्तन गर्नुपर्दछ ।”

अध्यक्ष ओलीले योगको विकास नेपालमा भएकाले योगको भूमि नेपाल रहेको बताए । उनले योग जीवन स्वास्थ्यका लागि आवश्यक रहेको भन्दै योगको सैद्धान्तिक र व्यावहारिक पक्षको पनि अभ्यास गर्न आग्रह गरे ।

मानव जीवनलाई सुखी बनाउने कुरामा गौतम बुद्ध, जैन, ऋषिमुनिले चिन्तन गर्दै गएको र अन्त्यमा पतञ्जलिले योगलाई अगाडि सार्ने काम गरेको उनको भनाइ थियो । अध्यक्ष ओलीले शिष्य, गुरु बनाउने तथा शिक्षा र ज्ञानको प्रारम्भ योगबाट नै भएको बताए ।

उनले पुराना मन्दिरमा पनि योग देखिने गरेको बताए । “योग दर्शनमा महिलालाई सर्वव्यापी भनेको छ । पुरुषचाँहि स्थिर भनेको छ । योगमा महिलाको स्थान र महत्त्वलाई धेरै माथि राखिएको छ”, उनले भने । उनले स्वस्थ हुनका लागि उपयुक्त आसन र प्रायाणममा अभ्यास गर्नुपर्ने बताए । योगले जता तान्छ त्यतैतिर जानुपर्दछ भन्दै आचरण एकातिर योग अर्कोतिर गर्न नहुने उनको भनाइ थियो ।

(aaplumbingsa.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चित्रबहादुर केसीको सरकारलाई झटारो : भनम् भने गाउँको मुख्खे, नभम् त चल्ला सक्के
चित्रबहादुर केसीको सरकारलाई झटारो : भनम् भने गाउँको मुख्खे, नभम् त चल्ला सक्के
बजेटले लिएको लक्ष्य कार्यान्वयन गर्ने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी
बजेटले लिएको लक्ष्य कार्यान्वयन गर्ने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी
अब नेपालको आफ्नै भू-उपग्रह हुने
अब नेपालको आफ्नै भू-उपग्रह हुने
बिमस्टेक सम्मेलन : चार देशका प्रमुख पाहुना आज जाँदै
बिमस्टेक सम्मेलन : चार देशका प्रमुख पाहुना आज जाँदै
प्रदेश नं २ मा राष्ट्रियसभाको निर्वाचनको तयारी अन्तिम चरणमा
प्रदेश नं २ मा राष्ट्रियसभाको निर्वाचनको तयारी अन्तिम चरणमा
चुनाव हारका कारण लम्बिएकाे कांग्रेसको केन्द्रीय समितिको बैठक सुरू
चुनाव हारका कारण लम्बिएकाे कांग्रेसको केन्द्रीय समितिको बैठक सुरू
अधिकृतले मनलाग्दी गरेको भन्दै गौशाला नगरपालिकामा तालाबन्दी
अधिकृतले मनलाग्दी गरेको भन्दै गौशाला नगरपालिकामा तालाबन्दी
भदौ १८ गते बुधबारको राशिफल यस्तो छ
काठमाडौं महानगरका उपमेयरलाई हरिप्रभा हृदयघात, नर्भिक अस्पतालमा उपचार हुँदै
काठमाडौं महानगरका उपमेयरलाई हरिप्रभा हृदयघात, नर्भिक अस्पतालमा उपचार हुँदै
तस्विरमा यस्तो देखियो सूर्यग्रहरण
तस्विरमा यस्तो देखियो सूर्यग्रहरण

तपाईंले छुटाउनुभयो कि?