धुम्बाराहीमा प्रचण्डको ब्रिफिङ : ओलीजीकै सहमतिमा बैठक राखेको हो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २१, २०७७
|
|
२४ पटक हेरिएको
Shares
धुम्बाराहीमा प्रचण्डको ब्रिफिङ : ओलीजीकै सहमतिमा बैठक राखेको हो

सारांश

  • काठमाडौं, २१ कार्तिक ।
  • सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आफूले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सहमतिकै आधारमा सचिवालयको अनौपचारिक बैठक डाकेको स्पष्ट पारेका छन् ।
  • धुम्बाराहीमा पार्टी सचिवालयका ५ सदस्यहरु सम्मिलित बैठकको सुरुवातमै दाहालले आफूले प्रधानमन्त्री ओलीसँगको सहमतिकै आधारमा आजको बैठक राखेको ब्रिफिङ गरेका थिए ।

काठमाडौं, २१ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आफूले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सहमतिकै आधारमा सचिवालयको अनौपचारिक बैठक डाकेको स्पष्ट पारेका छन् । धुम्बाराहीमा पार्टी सचिवालयका ५ सदस्यहरु सम्मिलित बैठकको सुरुवातमै दाहालले आफूले प्रधानमन्त्री ओलीसँगको सहमतिकै आधारमा आजको बैठक राखेको ब्रिफिङ गरेका थिए ।

बैठक सुरु भएलगत्तै पाँचै जना नेताहरुलाई भेटेका नेकपाका राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले दाहालको भनाई उद्धृत गर्दै पत्रकार ऋषि धमलासँग भने,‘मैले ५ जना नेतालाई भेटें । हिजो पनि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग फोनवार्ता गर्नुभएको रहेछ, उहाँसँगको सहमतिकै आधारमा आज सचिवालयको अनौपचारिक रुपमा बैठक राख्ने भनिएको रहेछ, त्यहीअनुसार प्रचण्डले बैठक राख्नुभएको हो ।’ दाहालले स्थायी कमिटीका निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्नको लागि निर्णय गरिने बताएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?