कोरिया–अमेरिका स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनको तयारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १६, २०७५
|
|
५९ पटक हेरिएको
Shares
कोरिया–अमेरिका स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनको तयारी

सारांश

  • काठमाडौँ,१६ पुस ।
  • दक्षिण कोरियाले संयुक्तराज्य अमेरिकासँगको संशोधित स्वतन्त्र व्यापार सम्झौता यसै सातादेखि कार्यान्वयनमा आउने जनाएको छ ।
  • कोरियाली अधिकारीहरुले नयाँ सम्झौताले बाणिज्य र लगानीमा सुधार ल्याउने तथा दुबै देशबीचको मित्रतालाई अझ फराकिलो बनाउने विश्वास व्यक्त गरेका छन् ।

काठमाडौँ,१६ पुस । दक्षिण कोरियाले संयुक्तराज्य अमेरिकासँगको संशोधित स्वतन्त्र व्यापार सम्झौता यसै सातादेखि कार्यान्वयनमा आउने जनाएको छ । कोरियाली अधिकारीहरुले नयाँ सम्झौताले बाणिज्य र लगानीमा सुधार ल्याउने तथा दुबै देशबीचको मित्रतालाई अझ फराकिलो बनाउने विश्वास व्यक्त गरेका छन् ।

दुबै मुलुकले मङ्गलबार उक्त नयाँ सम्झौताका बारेमा लिखित सूचना आदानप्रदान गर्ने तयारी भएको छ । कोरियाली व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयले नयाँ संशोधित व्यवस्थाका बारेमा आआफ्ना मुलुकमा आवश्यक तयारी पूरा भएको जनाएको छ ।

विगतमा भएको व्यापार सम्झौतामा आवश्यक संशोधन गर्ने सहमति भएबमोजिम अमेरिका र कोरियाबीच व्यापारिक साझेदारीका बारेमा व्यापक छलफल भएको थियो । पुरानो स्वतन्त्र व्यापार सम्झौता सन् २०१२ मा भएको थियो । संयुक्तराज्य अमेरिकाले सवारी साधनको आयातमा असन्तुलन भएको भन्दै कोरियामाथि नयाँ सम्झौता गर्न दबाब दिएको थियो ।

मन्त्रालयले कोरिया र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा नयाँ संरचनाले थप सुदृढ गर्ने बताएको छ । संशोधित सम्झौता बमोजिम अमेरिकाले आगामी २० वर्षसम्म अर्थात् सन् २०४१ सम्म कोरियामा निर्मित पिकअप ट्रकमा २५ प्रतिशतसम्म करवृद्धि गर्न पाउनेछ ।

साथै, अमेरिकी कारको आयातमा दोब्बर वृद्धि गर्न कोरिया सहमत भएको छ । हाल अमेरिकामा निर्मित २५ हजार थान कारमात्र कोरियाली बजारमा बिक्री गर्न पाइने व्यवस्था छ । अब ५० हजार थान अमेरिकी कारले कोरियाली बजारमा पहुँच पाउनेछन् ।

आायात निर्यातका बारेमा उत्पन्न हुने विवाद सुल्झाउन अझ प्रभावकारी विवाद निरुपण प्रक्रिया अपनाइने सम्झौतामा उल्लेख छ ।एजेन्सीको सहयोगमा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी “जनसत्ता”मा समलिङ्गी मुद्दाको रोचक प्रसङ्गको खुलासा

वाइडबडी प्रकरणमा कांग्रेस सभापति देउवा किन मुछिए ?

‘एक रुपैयाँ’ले बनाएकाे रहेछ सरकार हल्लाउने निर्मलाकाे याे पाेस्टर

म्याच फिक्सिङको अभियोग लागेका सागर थापासहित ६ खेलाडीलाई सफाइ

युक्रेन द्वन्द्व सुरुभएयता पहिलो पटक अमेरिका र रुसी रक्षा प्रमुखबीच फोनवार्ता

कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन

मिस नेपाल-२०२४ को उपाधि आस्मा कुमारी केसीलाई

महायज्ञमा चार करोड ८४ लाख सङ्कलन
जलेर पोखरामा दुई जना घाइते
रास्वपाका २० सांसदलाई सर्वोच्चले सोध्यो: तपाईंहरुलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने?