कृषि विकास बैंक लुट प्रकरणमा थप ३ जना समातिए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १०, २०७६
|
|
१९ पटक हेरिएको
Shares
कृषि विकास बैंक लुट प्रकरणमा थप ३ जना समातिए

सारांश

  • काले भनिने पिटरको योजनामा भारतको मुम्बईमा बसेर कृषि विकास बंैकको रकम लुटिएको प्रकरणमा प्रहरीले थप ३ जनालाई पक्रिएको छ ।
  • महानगरीय अपराध महाशाखाको टोलीले आज शुक्रबार ३ जनाको पक्राउ गरेको हो ।
  • पक्राउ पर्नेमा पर्वतका गणेश बस्याल, यज्ञराज भट्ट र मालती देवी न्यौपाने भट्टराई रहेका छन् ।

काले भनिने पिटरको योजनामा भारतको मुम्बईमा बसेर कृषि विकास बंैकको रकम लुटिएको प्रकरणमा प्रहरीले थप ३ जनालाई पक्रिएको छ । महानगरीय अपराध महाशाखाको टोलीले आज शुक्रबार ३ जनाको पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्वतका गणेश बस्याल, यज्ञराज भट्ट र मालती देवी न्यौपाने भट्टराई रहेका छन् ।

अनुसन्धानको क्रममा भट्टको खाताबाट ४५ लाख रुपैयाँ, मालतीको खातामा २४ लाख रुपैयाँ फेला परेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए । यो प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परिसकेका छन् । कृषि विकास वैंकको रकम लुटिए पछि प्रहरीले गत बुधबार १२ जनालाई पक्राउ गरी पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको थियो ।

हिजो विहिबार पनि प्रहरीले यसै प्रकरणमा स्याङजाबाट प्रतिक्षा निर्माण सेवाका प्रोपाइटर रामकृष्ण भुषाललाई नियन्त्रणमा लिएको थियो । तिमल्सेनाको खातामा प्रहरीले ६५ लाख रुपैयाँ फेला पारेको थियो । बैंककै कर्मचारीको युजर आइडी प्रयोग गरेर ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ व्यक्तिको नाममा ट्रान्सफर भएपछि अहिले नेपालका बंैकहरुको साइबर सुरक्षा प्रति सर्वत्र चिन्ता हुन थालेको छ । यस्तै प्रकरणमा केही समय अघि केही चिनियाँ ह्याकरले पनि नेपालका बैंकबाट करोडौ रुपैयाँ लुटेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साइबर अपराधका विषयमा विद्यार्थी पढाउँदै प्रहरी
साइबर अपराधका विषयमा विद्यार्थी पढाउँदै प्रहरी
बाढीपहिरो प्रभावित क्षेत्रमा प्राथमिकताका आधारमा काम थालिसकिएको छ : उप्रधानमन्त्री श्रेष्ठ
बाढीपहिरो प्रभावित क्षेत्रमा प्राथमिकताका आधारमा काम थालिसकिएको छ : उप्रधानमन्त्री श्रेष्ठ
ओली सरकारले राष्ट्रघात गरेको भन्दै विप्लव माओवादीद्वारा नेपालबन्दको घोषणा
ओली सरकारले राष्ट्रघात गरेको भन्दै विप्लव माओवादीद्वारा नेपालबन्दको घोषणा
आज बडादशैको महानवमी, एकदिनका लागि तलेजु भवानी मन्दिर खुल्ने
आज बडादशैको महानवमी, एकदिनका लागि तलेजु भवानी मन्दिर खुल्ने
निर्मला हत्याको विषयमा प्रहरीलाई भन्दा बढी पत्रकारलाई थाहा छः महानिरीक्षक खनाल
निर्मला हत्याको विषयमा प्रहरीलाई भन्दा बढी पत्रकारलाई थाहा छः महानिरीक्षक खनाल
रसुवागढीबाट चिनियाँ सामग्री भित्रन शुरु
रसुवागढीबाट चिनियाँ सामग्री भित्रन शुरु
प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश
प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश
सन्दीपले अफगानिस्तान प्रिमियर लिग खेल्ने
सन्दीपले अफगानिस्तान प्रिमियर लिग खेल्ने
कति बेला र कति पटक सम्भोग गर्दा राम्रो जानी राखौ
कति बेला र कति पटक सम्भोग गर्दा राम्रो जानी राखौ
ओलीले प्रचण्डसँग संवाद नगर्ने, कठोर कदमको तयारी
ओलीले प्रचण्डसँग संवाद नगर्ने, कठोर कदमको तयारी

तपाईंले छुटाउनुभयो कि?