ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैँक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १, २०७६
|
|
२६ पटक हेरिएको
Shares
ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैँक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ

सारांश

  • काठमाडौं।
  • नयाँ वर्षका अवसरमा आज सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैँक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ गरेको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न ज्येष्ठ नागरिकको उपस्थितिमा सो ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैँक खाता’ राष्ट्रिय अभियानको शुभारम्भ गरेका हुन् ।
काठमाडौं। नयाँ वर्षका अवसरमा आज सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैँक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न ज्येष्ठ नागरिकको उपस्थितिमा सो ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैँक खाता’ राष्ट्रिय अभियानको शुभारम्भ गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य बीमा बोर्ड, नेपाल राष्ट्र बैँक र नेपाल बैँकर्स एशोसिएसनले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा ज्येष्ठ नागरिकका लागि रु एक लाखसम्मको स्वास्थ्य बीमा घोषणा गरेको हो ।
सो बीमाको नेपाल सरकारले प्रिमियम तिर्नेछ । हाल मुलुकका ७५३ स्थानीय तहमध्ये ७१३ तहमा संस्थागत वित्तीय पहुँच पुगेको छ भने चालू आर्थिक वर्षको अन्त्यसम्मका सबै तहमा वित्तीय पहुँच पुग्ने बताइएको छ ।
हालसम्म बैँक खाता नखोलेका नागरिकका लाागि खाता खोल्न लाग्ने रु एक सय दस्तुर सरकारले नै तिर्ने गरी यो अभियान शुभारम्भ भएको हो । सबै स्थानीय तहमा वित्तिय पहुँच पुगेपछि सबै प्रकारका भुक्तानी बैँकबाट हुनेछ । यसले वित्तीय साक्षरता, सामाजिक सुरक्षा, समावेशीता र समृद्धिको आधार तय गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टी जनतामाझ जान नसक्नु पराजयको कारण : माओवादी
पार्टी जनतामाझ जान नसक्नु पराजयको कारण : माओवादी
नाट्य विधा ऐना र टर्चलाइट हो : प्रधानमन्त्री ओली
नाट्य विधा ऐना र टर्चलाइट हो : प्रधानमन्त्री ओली
मिसन ८४ नेपाली जनताको हो : अध्यक्ष ओली
मिसन ८४ नेपाली जनताको हो : अध्यक्ष ओली
प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति बुझ्न राष्ट्रपति भण्डारी पुगिन अस्पताल
प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति बुझ्न राष्ट्रपति भण्डारी पुगिन अस्पताल
प्रधानमन्त्री स्वदेश फर्किनै बित्तिकै सेनापति थापा चीनतर्फ, के गर्ने छन् चीनमा ?
प्रधानमन्त्री स्वदेश फर्किनै बित्तिकै सेनापति थापा चीनतर्फ, के गर्ने छन् चीनमा ?
कांग्रेससँग गठबन्धन तोड्दै देशभर उम्मेदवारी दिने राप्रपाको तयारी
४५ वर्षको उमेरमा करिश्माको होश उडाउने तस्वीर
४५ वर्षको उमेरमा करिश्माको होश उडाउने तस्वीर
अन्ततः पछि हटे काठमाडौंका मेयर शाक्य, यसरी बन्ने भयो रानीपोखरी ?
अन्ततः पछि हटे काठमाडौंका मेयर शाक्य, यसरी बन्ने भयो रानीपोखरी ?
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु
सामाजिक सञ्जालमा भाइरल बनेको राष्ट्रपति र प्रधानमन्त्रीको टीका
सामाजिक सञ्जालमा भाइरल बनेको राष्ट्रपति र प्रधानमन्त्रीको टीका

तपाईंले छुटाउनुभयो कि?