टिकटमा लुछाचुँडी भैरहेछ, कहाँ हट्यो सिन्डिकेट !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १६, २०७५
|
|
४० पटक हेरिएको
Shares
टिकटमा लुछाचुँडी भैरहेछ, कहाँ हट्यो सिन्डिकेट !

सारांश

  • सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य भएको प्रचार गरिए पनि कायमै रहेको भन्दै सांसदहरूले प्रश्न उठाएका छन् ।
  • उनीहरूले व्यवसायीको एकाधिकार तोड्नुपर्ने पनि माग गरे ।
  • सार्वजनिक लेखा समिति बैठकमा सत्तारूढ नेकपाका सांसद लेखराज भट्टले गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सिन्डिकेट अन्त्य भएको हल्ला गरे पनि व्यवसायी समितिको मनोमानी अझै उस्तै रहेको बताए ।

सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य भएको प्रचार गरिए पनि कायमै रहेको भन्दै सांसदहरूले प्रश्न उठाएका छन् । उनीहरूले व्यवसायीको एकाधिकार तोड्नुपर्ने पनि माग गरे ।

सार्वजनिक लेखा समिति बैठकमा सत्तारूढ नेकपाका सांसद लेखराज भट्टले गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सिन्डिकेट अन्त्य भएको हल्ला गरे पनि व्यवसायी समितिको मनोमानी अझै उस्तै रहेको बताए ।

‘सिन्डिकेट कहाँ हट्यो ?’ समितिकै खटपटनमा बसका टिकट बुकिङ तथा बिक्री हुँदै आएको उल्लेख गर्दै उनले भने, ‘समस्या ज्युँका त्युँ छन्, यात्रुले सहज रूपमा टिकट पाउन सकेका छैनन् ।’अर्का सांसद हृदयेश त्रिपाठीले व्यवसायीले सहज रूपमा यात्रुको घरसम्म पुग्ने वातावरण बनाउनुपर्ने बताए ।

‘व्यवसायीको एकाधिकार तोड्नुपर्छ, आवतजावत सहज बनाउनपर्छ,’ उनले भने, ‘यात्रुले सहज रूपमा टिकट पाउनुपर्‍यो ।’ सांसद विशाल भट्टराईले बिहान ४ बजे उठेर जाँदा पनि यात्रुले सहज रूपमा टिकट पाउन नसकेको गुनासो गरे । आवतजावत गर्ने वातावरण राज्यले बनाउनुपर्ने भन्दै उनले त्यसमा सरोकारवाला निकायले निरीक्षण तथा अनुगमन गर्नुपर्ने बताए ।

‘टिकटमा लुछाचुँडी भइरहेको छ,’ उनले भने, ‘राज्यका अनुगमन गर्ने निकाय किन मौन ?’

आजको कान्तिपुर दैनिकमा खबर छ । 

(ausoma.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Nepal and Israel complete 58 glorious years of diplomatic ties since its establishment !
Nepal and Israel complete 58 glorious years of diplomatic ties since its establishment !
प्रधानमन्त्री दाहाललाई विश्वासको मत, पक्षमा २६८ , विपक्षमा २
प्रधानमन्त्री दाहाललाई विश्वासको मत, पक्षमा २६८ , विपक्षमा २
श्रीलंका र पाकिस्तानपछि चिनकाे अाँखा म्यानमारमा !
श्रीलंका र पाकिस्तानपछि चिनकाे अाँखा म्यानमारमा !
गुठी विधेयकको विरोधम उत्रिएकालाई के आधारमा सांसद चौधरीले भाडा मान्छे भनिन् ?
गुठी विधेयकको विरोधम उत्रिएकालाई के आधारमा सांसद चौधरीले भाडा मान्छे भनिन् ?
प्रारम्भिक मत परिणामअनुसार काभ्रेमा महाभारत, चौरी देउराली, खानीखोला, भुम्लुमा नेकपा माओवादी अघि
प्रारम्भिक मत परिणामअनुसार काभ्रेमा महाभारत, चौरी देउराली, खानीखोला, भुम्लुमा नेकपा माओवादी अघि
विप्लवलाई हत्या, हिंसाको बाटो त्याग्न कांग्रेसको आग्रह
विप्लवलाई हत्या, हिंसाको बाटो त्याग्न कांग्रेसको आग्रह
थाइल्याण्डका सैनिक प्रमुख र रक्षामन्त्रीबीच भेटघाट
थाइल्याण्डका सैनिक प्रमुख र रक्षामन्त्रीबीच भेटघाट
बैशाख २९ गते बुधवारको राशिफल यस्तो छ
बैशाख २९ गते बुधवारको राशिफल यस्तो छ
मौद्रिक नीति सार्वजनिक, बैंकदर यथावत्, नीतिगत दर घट्यो (पूर्णपाठसहित)
मौद्रिक नीति सार्वजनिक, बैंकदर यथावत्, नीतिगत दर घट्यो (पूर्णपाठसहित)
आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्न ओलीलाई वामदेवको सुझाव
आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्न ओलीलाई वामदेवको सुझाव