ट्याक्टर दुर्घटनामा एकको मृत्यु, ६ घाइते

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २२, २०७५
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–४ गणेश सवालस्थित आइतबार राति ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
  • जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार ढुङ्खर्कबाट पनौतीतर्फ आइरहेको ना४त २८४० नं को ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टिँदा घाइते भएका सर्लाही जिल्ला हरिपुर नगरपालिका–६ का २५ वर्षीय इमरन मन्सुरको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

काठमाडौं । काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–४ गणेश सवालस्थित आइतबार राति ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार ढुङ्खर्कबाट पनौतीतर्फ आइरहेको ना४त २८४० नं को ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टिँदा घाइते भएका सर्लाही जिल्ला हरिपुर नगरपालिका–६ का २५ वर्षीय इमरन मन्सुरको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनामा परी घाइते भएकामध्ये सर्लाही जिल्ला हरिपुर नगरपालिका–६ का ३५ वर्षीय जनग मन्सुर, सोही ठाउँका १६ वर्षीय फिरोज मन्सुर र २३ वर्षीय असरख मन्सुरलाई वीर अस्पतालमा रिफर गरिएको खड्काले जानकारी दिनुभयो ।

चालक मन्सुर सामान्य घाइते भएका छन् । चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टरमा थोत्रो कपडा पेल्ने मेसिनसहित बोकेर सिरक, डस्ना बनाउने काम गर्दै हिँड्ने गरेका रहेको प्रहरीले जनाएको छ ।

घाइते भएका जगागिर मन्सुर, नाजम मन्सुर र इकुन मन्सुरको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेको अवस्था सामान्य रहेको छ । ट्याक्टर चालक कासी मन्सुरसहित आठ जना सवार रहेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिश्व वातावरण दिवस यसरी मनाइयो
बिश्व वातावरण दिवस यसरी मनाइयो
वैशाख तेस्रो साता स्थानीय निकायको निर्वाचन गराउन तीन दल सहमत..
वैशाख तेस्रो साता स्थानीय निकायको निर्वाचन गराउन तीन दल सहमत..
‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू
‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू
वेष्टइण्डिज सेमिफाइनल दौडबाट बाहिरियो
वेष्टइण्डिज सेमिफाइनल दौडबाट बाहिरियो
जाँदाजाँदै निवर्तमान व्यवस्थापिका सांसद सदस्यहरुले गरे अर्बौ रुपैयाँ बाँडफाँड
जाँदाजाँदै निवर्तमान व्यवस्थापिका सांसद सदस्यहरुले गरे अर्बौ रुपैयाँ बाँडफाँड
स्थानीय तह निर्वाचन मनोनयन दर्ताः साढे १६ हजारभन्दा बढीले दिए उम्मेदवारी
स्थानीय तह निर्वाचन मनोनयन दर्ताः साढे १६ हजारभन्दा बढीले दिए उम्मेदवारी
गर्भवती कुकुरलाई स्लिपिङ ट्याब्लेट खुवाउँदै लगातार यौनजन्य दुर्व्यवहार
गर्भवती कुकुरलाई स्लिपिङ ट्याब्लेट खुवाउँदै लगातार यौनजन्य दुर्व्यवहार
फेसबुक डेस्कटप सेवा अवरुद्ध, मेटाको आधिकारिक प्रतिक्रिया आउन बाँकी
फेसबुक डेस्कटप सेवा अवरुद्ध, मेटाको आधिकारिक प्रतिक्रिया आउन बाँकी
बलिउड अभिनेता शाहरुख खानलाइ धम्कि !
बलिउड अभिनेता शाहरुख खानलाइ धम्कि !
नक्कली भूटानी प्रकरणमा बयान सुरू
नक्कली भूटानी प्रकरणमा बयान सुरू

तपाईंले छुटाउनुभयो कि?