डाक्टरले आन्दोलन गर्दा बिरामीले सास्ती पाए, सरकार चुप

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २७, २०७५
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • सरकारी चिकित्सकले समायोजनको विरोध गर्दै आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको पाँच दिन बितिसकेको छ ।
  • यस समयमा सरकारी अस्पताल पुग्ने र त्यहाँ रहेका बिरामीले सास्ती खेपेका छन् ।

काठमाडौं । सरकारी चिकित्सकले समायोजनको विरोध गर्दै आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको पाँच दिन बितिसकेको छ । यस समयमा सरकारी अस्पताल पुग्ने र त्यहाँ रहेका बिरामीले सास्ती खेपेका छन् ।

सरकारले भने चुप बसेको छ । सरकारले कुनै पनि पहल नगर्दा बिरामीलाई सास्ती पुगेको हो । सरकारले समाधानको पहल गर्न सकेको छैन ।

सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले आफूहरु जुनसुकै बेला वार्ता जान चाहेको बताए । सरकारले वार्ताका लागि कुनै पहल नगरेको गुनासो गरेका छन् । चिकित्सकको समस्याबारे उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग छलफल गरे पनि निष्कर्ष निस्केन ।

चिकित्सकले सबैलाई संघीय सरकारअन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा समायोजन गर्नुपर्ने माग राखेका हुन् ।

उनीहरू अवैज्ञानिक, असमान ढंगले समायोजन गरेको, स्थानीय तहमा कनिष्ठ कर्मचारीमातहत राख्ने व्यवस्था गरिएको, चिकित्सकको अध्ययन वृत्ति–विकासमा अप्रत्यक्ष अवरोध गरेको जस्ता कारण देखाउँदै आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?