” जागौ युवा ,फालौ बुढा “

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २४, २०७९
|
|
५० पटक हेरिएको
Shares
     ” जागौ युवा ,फालौ बुढा “

सारांश

  • विजय तिमिल्सिना पुराना दलका नेतालाई वर्षौ देखी जिताउदै सरकारमा पठाउदै गर्‍यो माखो मार्ने होइन ।
  • देश र जनताको सवालमा भन्दा पनि सत्ता स्वार्थ आफु र आफन्तको आर्थिक विकासमा तल्लिन रहे ।
  • भ्रष्टचार मात्रै गर्ने योजना बनाउने काम गर्ने तिर कहिल्यै लगाव भएन ।

विजय तिमिल्सिना

पुराना दलका नेतालाई वर्षौ देखी जिताउदै सरकारमा पठाउदै गर्‍यो माखो मार्ने होइन । देश र जनताको सवालमा भन्दा पनि सत्ता स्वार्थ आफु र आफन्तको आर्थिक विकासमा तल्लिन रहे । भ्रष्टचार मात्रै गर्ने योजना बनाउने काम गर्ने तिर कहिल्यै लगाव भएन । नियमित आउने विकास बजेटमा पनि चलखेल मात्रै गर्ने । यस्तै यस्तै हैरानीका कारण आ-आफ्ना एजेण्डा लिएर देशै भरी बाट स्वतन्त्र उमेदवारी दिन युवाहरु जाग्दै छन । प्राय सबैको एउटै उद्देश्य छ ” जागौ युवा ,फालौ बुढा ” तर अभियान फरक फरक ।

” जागौ युवा ,फालौ बुढा ” यो अभियानका लागि देशै भर बाट स्वतन्त्र उमेदवार आपसमै भिड्ने पो हुन कि भन्ने डर पैदा भैसकेको अवस्था छ । स्वतन्त्र स्वतन्त्र बिच आपसमै प्रतिस्पर्धा भयो भने फेरी उनै ठुला पुराना दललाई नै फाईदा हुने देखिन्छ । एउटा स्वतन्त्र उमेदवारले अर्को स्वतन्त्र उमेदवारलाई नछोड्ने अवस्था सिर्जान भयो भने झनै खतरा हुनेछ । पुरान दलका नेताहरु यिनैलाई प्रयोग गरेर जीत आफ्नो पक्षमा पर्न सफल हुनेछन । स्वतन्त्र उमेदवारलाई जनताका प्रश्नै प्रश्न छन । एक्लो स्वतन्त्रको सम्सदमा स्थान के ?संखा पैदा भएको छ,सरकार बनाउने तुलोको ढक, साम्सद किनबेचको शिकार बन्ने सम्भावना । स्वतन्त्रको समानुपातिक चुनाव चिन्न के ? प्रत्यक्ष भोट स्वतन्त्रलाई हाले पछी समानुपातिक भोट कस्लाई हाल्ने ? यस्ता यस्तै प्रश्नले गर्दा झन माहोल बिग्रने अवस्थाको सिर्जना नहोस ।

देशै भर बाट एक दुई जना स्वतन्त्र उमेदवारले जित हाँसिल गरेर उनिहरुले भने जस्तो देशमा आमुल परिवर्तन केही हुने होइन । सबै स्वतन्त्रहरु जुटेर प्रत्यक क्षेत्रमा बलियो एक एक प्रतिनिधि उठाउने हो भने देशै भर बाट स्वतन्त्र उमेदवारहरुले राम्रो सिट भने ल्याउन सक्ने सम्भावना छ । प्रत्यक्षमा स्वतन्त्रलाई मतदान गरे पछी भोटरले समानुपातिक कस्लाई मतदान गर्ने भनेर प्रश्न गर्नेछन त्यस्को जवाफ उमेदवार सँग हुनेछैन । प्रत्यक्ष र समानुपातिक दुबै चिन्हमा भोट कलेक्सन हुनसक्यो भने देश भरीको माहोललाई एकत्रित गरेर राम्रो सिट सहित सम्सदमा उपस्थिति जनाउन सकिन्छ । त्यस्को लागि पाटीको आवश्क्ता पर्छ । हालको अवस्थामा सबै स्वतन्त्रहरुलाई समेटन सक्ने एउटै पाटी भनेको राष्ट्रिय स्वतन्त्र पाटी हो । यदि राष्ट्रिय स्वतन्त्र पाटी र देशै भरका स्वतन्त्र आकाङ्क्षी एउटै मोर्छमा आउन सके सबै परिवर्तनकारीहरु जुट्ने सम्भावना रयो भने पुराना दलका मै हुं भन्ने नेताका पनि पसिना छुट्ने छन । त्यस्का लागि राष्ट्रिय स्वतन्त्र पाटीका तर्फ बाट रवि लामिछाने आफैले एकताका लागि आवहान गर्नुपर्छ ।

हालको अवस्थामा राष्ट्रिय स्वतन्त्र पाटीले आफ्नो अभियानलाई देश व्यापी रुपमा जोडडै गरेको अवस्थालाई देशै भरका इमान्दार युवाहरुले अनि मात्रै साथ लिन सक्ने छन । गण्डकी प्रदेश भेला पछीका बिरटनगर,झापा, सुर्खेत,बुटवल,दाङ हुँदै बनेपा सम्माको स्वतन्त्र पाटी भेलाको उत्साहलाई कायम राखन सक्यो भने मात्रै पनि स्वतन्त्र मध्ये कै एक बलियो प्रतिनिधिले देशै भर बाट नयाँ आयामा कोर्न सक्ने सम्भावना छ ।

हालको अवस्थामा राष्ट्रिय स्वतन्त्र पाटीले आफ्नो अभियान देश व्यापी रुपम अघि मात्रै बढायर हुन्न सम्पुर्ण स्वतन्त्र अभियानका साथीहरुलाई पनि जोड्दै लान सक्नु पर्छ । देसै भर बाट इमान्दार युवाहरुले साथ लिन र दिन सक्ने वतावरणको सिर्जना गर्न सक्नु पर्छ ।

गण्डकी प्रदेश भेला पछीका बिरटनगर,झापा, सुर्खेत,बुटवल,दाङ हुँदै बनेपा सम्माको स्वतन्त्र पाटी भेलाको उत्साहलाई कायमा राख्दै स्वतन्त्र उमेदवारी घोषणा गरेका साथीलाई पनि साथ साथ हिड्न आवहान गर्न सक्यो भने मात्रै पनि स्वतन्त्र मध्ये कै एक बलियो प्रतिनिधिले देशै भर बाट नयाँ आयाम कोर्न सक्ने सम्भावना देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेठ २ गतेको राशीफल यस्तो छ, थाहा पाउनुस आजको शुभ अंक
यसकारण मेस्सीले एलक्लासिको नखेल्ने !
यसकारण मेस्सीले एलक्लासिको नखेल्ने !
लुईटेलकाे अध्यक्षतामा अमेरिकामा अन्तर राष्ट्रिय नेपाली पत्रकार संघ गठन
लुईटेलकाे अध्यक्षतामा अमेरिकामा अन्तर राष्ट्रिय नेपाली पत्रकार संघ गठन
हत्या गरेर बगरमा गाडिएको बालिकाको शव फेला, बलात्कारको शंका
हत्या गरेर बगरमा गाडिएको बालिकाको शव फेला, बलात्कारको शंका
साफ च्याम्पियनसिप फुटबलः माल्दिव्सले लियाे सुरुवाति अग्रता, नेपाल १-०ले पछाडी !
साफ च्याम्पियनसिप फुटबलः माल्दिव्सले लियाे सुरुवाति अग्रता, नेपाल १-०ले पछाडी !
गुप्तचरको रणमैदान बन्दै नेपाल : चिनियाँ गुप्तचर अघिअघि ‘रअ’ पछिपछि !
गुप्तचरको रणमैदान बन्दै नेपाल : चिनियाँ गुप्तचर अघिअघि ‘रअ’ पछिपछि !
भन्सार छलेर ल्याइएका ६१ बोरा कपडा बरामद
भन्सार छलेर ल्याइएका ६१ बोरा कपडा बरामद
डिजिटल प्रविधिले बदल्दै स्वास्थ्य सेवा: नागरिक एपमा थपियो जीवनरक्षक ‘रक्त सूचना’ पोर्टल
डिजिटल प्रविधिले बदल्दै स्वास्थ्य सेवा: नागरिक एपमा थपियो जीवनरक्षक ‘रक्त सूचना’ पोर्टल
Exactly what the Best Online dating sites For Relationship?
झण्डै २३ लाखको लागतमा घोराही उपमहानगरको १३ र १९ का जनता जोडिए
झण्डै २३ लाखको लागतमा घोराही उपमहानगरको १३ र १९ का जनता जोडिए