राजपालाई कसैले फुटाउन सक्दैन, त्यो दिवा सपना होः महतो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ७, २०७५
|
|
१८ पटक हेरिएको
Shares
राजपालाई कसैले फुटाउन सक्दैन, त्यो दिवा सपना होः महतो

सारांश

  • काठमाडौं, ७ बैशाख ।
  • राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले आफ्नो पार्टीले एक वर्षभित्र जनताका भावना र आकांक्षा अनुसार काम गरेको जिकिर गरेका छन् ।
  • नेपाली रेडियो नेटवर्क मार्फ प्रसारण हुने लोक प्रिय कार्यक्रम नेपाली वहसको कुराकानिमा अध्यक्ष मण्डलका नेता महतोले यस्तो जिकिर गरेका हुन् ।

काठमाडौं, ७ बैशाख । राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले आफ्नो पार्टीले एक वर्षभित्र जनताका भावना र आकांक्षा अनुसार काम गरेको जिकिर गरेका छन् ।

नेपाली रेडियो नेटवर्क मार्फ प्रसारण हुने लोक प्रिय कार्यक्रम नेपाली वहसको कुराकानिमा अध्यक्ष मण्डलका नेता महतोले यस्तो जिकिर गरेका हुन् ।

उनले भने,‘राजपाको स्थापना बैशाख ७ गते भएको थियो, हामी धेरै ठाउँमा विभाजित थियाँै, हामीले एकता आवश्यक छ भनेर भन्यौं, स्थानीयतह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन भयो, त्यसमा भाग लियौं, राम्रै स्थान हासिल गर्यौं।’

संगठन र पार्टीको संसदीय दलको नेता छान्न सक्नु भएको छैन् नि भनेर गरिएको प्रशनको जवाफमा उनले भने,‘यसका बारेमा आगामी केन्द्रीय समितिको वैठकले अन्तीम रुप दिनेछ, केही नमिलेको भने पक्कै हो।’

उनले भने,‘हाम्रो पार्टीभित्र सबैको अस्तित्व स्वीकार छ, मिलेर मधेशका जनताको भावना अनुसार अघि बढ्न्पर्छ, सबै कुरा सोचबुझ गरेरै हामी पार्टी एकता गरेका हौं, हाम्रो पार्टी विभाजन हुन, पार्टी कम्जोर हुने सपना समेत नदेख्दा पनि हुन्छ, पार्टी ठूलो छm नेता धेरै छन्, जिम्मेवारी बाडफाड गरेर अघि जान्छौँ।’

राजपा स्थापना दिवसको अवसरमा के गर्दै हुनुहुन्छ भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने,‘हाम्रो पार्टी प्रति साथ सहयोग, सदुभाव राख्ने विभिन्न पार्टीका नेता कार्यकर्ता, सरकारका प्रतिनिधि, पत्रकार, नागरिक समाज लगायत सबैलाई यसै कार्यक्रम मार्फत निम्तो छ, राजधानीको ज्ञानेश्वरमा उपस्थितिका लागि सबैलाई आग्रह गर्दछु।’ राजपाको स्थापना दिवसको अवसरमा अध्यक्ष्य मण्डलका वरिष्ट नेता महन्त ठाकुर स्वास्थ्यका कारण अनुपस्थित हुने भएका छन् ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Gobinda Neupane

    यो अङ्गिकृत बिहारी कहिले मर्ला???

    Comment Author

    Om Bhattarai

    Rip

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?