डा. गोविन्द केसीले सुरु गरे एघारौं अनशन

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ९, २०७४
|
|
२५ पटक हेरिएको
Shares
डा. गोविन्द केसीले सुरु गरे एघारौं अनशन

सारांश

  • काठमाडौं—मेडिकल क्षेत्र सुधारका लागि प्रयासरत  डा.
  • गोविन्द केसीले चिकित्सा शिक्षा ऐन पारित र त्रिवि पदाधिकारी बर्खास्त गर्नु पर्नेसहितका माग राखेर अनसन सुरु गरेका छन्।
  • महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको इएनटी बिल्डिङ, तेस्रो तला लबीमा भेला भएका सञ्चारकर्मीबीच आफ्ना माग पढेर सुनाउँदै उनले अनसन थालेका हुन्।

काठमाडौं—मेडिकल क्षेत्र सुधारका लागि प्रयासरत  डा.गोविन्द केसीले चिकित्सा शिक्षा ऐन पारित र त्रिवि पदाधिकारी बर्खास्त गर्नु पर्नेसहितका माग राखेर अनसन सुरु गरेका छन्। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको इएनटी बिल्डिङ, तेस्रो तला लबीमा भेला भएका सञ्चारकर्मीबीच आफ्ना माग पढेर सुनाउँदै उनले अनसन थालेका हुन्।

मेडिकल माफियाविरुद्ध संघर्षरत उनको यो ११ औं अनसन हो।

सरकारले दुई दिन अगाडि डा.केसीलाई पत्र पठाउँदै माग पूरा गर्ने प्रक्रिय रहेको हुँदा अनसन नबस्न आग्रह गरेको थियो। डा.केसीका मागसहितका विषयमा छलफल गर्न संसदको महिला बालबालिका तथा समाजकल्याण समितिले भोलि मंगलबार ३ बजेलाई बोलाएको छ।

आज बिहान पूर्वस्वस्थ्यमन्त्री गगन थापासहित त्रिवि उपकूलपति तीर्थ खनियाँ र केसी पक्षीय चिकित्सकहरुको बैठक गरी समाधान खोज्ने प्रयास भएको थियो। त्यही बैठकमा गरेको प्रतिबद्धताअनुसार त्रिविले सोमबार दिउँसो आइओएममा क्याम्पस प्रमुखलगायतका रिक्त पदाधिकारीको नियुक्ति गरेको थियो।

सो क्रममा  त्रिविले आइओएमको खोसिएको भनिएको अधिकार आइओएमको प्रस्ताव आधारमा फिर्ता गर्ने बचनसमेत उपकुलपति खनियाँले दिएका थिए। गत वैशाखमा त्रिविले नियमावली संशोधन गरी शुल्क र सिट निर्धारणको अधिकार आइओएमबाट खोसेको थियो। डा.केसीले भने राजनीतिज्ञ तथा त्रिवि पदाधिकारीहरुको बोली र व्यवहारको ठेगान नभएको भन्दै सर्वसाधारणलाई आफूले उठाएका मुद्दामा साथ दिएर अघि बढ्न अनसनको विकल्प नभएको उल्लेख गरेका छन्।

उनको ११ औं अनसनको मुख्य माग चिकित्सा शिक्षा ऐन पारित र त्रिवि पदाधिकारी बर्खास्त रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धर्मका बारेमा काङ्ग्रेसको धारणा स्पष्ट छ: सिटौला
धर्मका बारेमा काङ्ग्रेसको धारणा स्पष्ट छ: सिटौला
५ प्रतिशत ब्याजदरमा पाइने ७ करोड रुपैयाँ कृषि ऋण कसरी लिने ?
चिकित्सकअपहरण: नाटक गरेकाे खुलासा
चिकित्सकअपहरण: नाटक गरेकाे खुलासा
टुँडिखेलका घाइतेमध्ये १५ ‘डिस्चार्ज’
टुँडिखेलका घाइतेमध्ये १५ ‘डिस्चार्ज’
“वातावरणकर्मीहरुले निर्माणमा भइरहेको प्रगतिलाई रोक्न खोजेका छन्”: मन्त्री अधिकारी
“वातावरणकर्मीहरुले निर्माणमा भइरहेको प्रगतिलाई रोक्न खोजेका छन्”: मन्त्री अधिकारी
ब्रिटेनमा राजपरिवारको जिम्मेवारी परित्याग गर्ने राजकुमार ह्यारी र मेगन मार्कलको घोषणा
ब्रिटेनमा राजपरिवारको जिम्मेवारी परित्याग गर्ने राजकुमार ह्यारी र मेगन मार्कलको घोषणा
मस्र्याङ्दी करिडोरअन्तर्गतका सबस्टेसन निर्माण अन्तिम चरणमा
मस्र्याङ्दी करिडोरअन्तर्गतका सबस्टेसन निर्माण अन्तिम चरणमा
प्रधानमन्त्री ओलीले विश्वास गरेका चिकित्सक दिव्या शाह
प्रधानमन्त्री ओलीले विश्वास गरेका चिकित्सक दिव्या शाह
यस्तो छ कांग्रेसभित्र देउवाको तयारी, पौडेल पक्ष असन्तुष्ट 
यस्तो छ कांग्रेसभित्र देउवाको तयारी, पौडेल पक्ष असन्तुष्ट 
मेडिकल साइन्सको इतिहास कै दुर्लभ घटना
मेडिकल साइन्सको इतिहास कै दुर्लभ घटना

तपाईंले छुटाउनुभयो कि?