राष्ट्रपति पौडेललाई कुमारी घरका तर्फबाट बधाई

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ४, २०७९
|
|
३४ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेललाई कुमारी घरका तर्फबाट बधाई

सारांश

  • काठमाडौं।
  • राष्ट्रपति रामचन्द्र पौडेललाई कुमारी घर वसन्तपुरका तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको छ ।
  • कुमारी घरको प्रतिनिधिमण्डलले आज राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई बधाई दिएको हो ।

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेललाई कुमारी घर वसन्तपुरका तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको छ ।

कुमारी घरको प्रतिनिधिमण्डलले आज राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई बधाई दिएको हो । सोही क्रममा राष्ट्रपति पौडेलसमक्ष कुमारी घरमा भएको पूजाको प्रसाद पु¥याइएको थियो । कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवि कुमारीको पूजा हुने, एकादशीका दिन राष्ट्रप्रमुखसमक्ष सो पूजाको प्रसाद पु-याउने परम्परा छ ।

सोही परम्पराअनुसार आज राष्ट्रपति निवास शीतल निवासमा कुमारी घरका प्रतिनिधिमण्डलले राष्ट्रपति पौडेलसमक्ष पहिलोपल्ट कुमारी घरको प्रसाद पु-याएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?