गेटबाट छिर्नासाथ दलालले हात समाउँदै लैजान्छन्…

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १०, २०७५
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौ – जनताको काममा प्रत्यक्ष्य सरोकार राख्ने  मालपोत, नापी, बैदेशिक रोजगार, यातायात कार्यलयमा दलालहरूको बिगबिगी हुने गरेको राष्ट्रिय सर्तकर्ता केन्द्रको अध्ययनमा जनाइएको छ।
  • सर्तकता केन्द्रले केही दिन यता त्यस्ता कार्यलयहरूमा छड्के गरी प्रधानमन्त्री कार्यलयलाई रिर्पोट बुझाएको छ।
  • यसैगरी सम्बन्धित कार्यलयलाई कारबाही गर्न पनि निर्देशन दिएको छ।

काठमाडौ – जनताको काममा प्रत्यक्ष्य सरोकार राख्ने  मालपोत, नापी, बैदेशिक रोजगार, यातायात कार्यलयमा दलालहरूको बिगबिगी हुने गरेको राष्ट्रिय सर्तकर्ता केन्द्रको अध्ययनमा जनाइएको छ।

सर्तकता केन्द्रले केही दिन यता त्यस्ता कार्यलयहरूमा छड्के गरी प्रधानमन्त्री कार्यलयलाई रिर्पोट बुझाएको छ। यसैगरी सम्बन्धित कार्यलयलाई कारबाही गर्न पनि निर्देशन दिएको छ।

विहीवार सर्तकता केन्द्रका कर्मचारीहरू एकान्तकुना स्थित यातायात कार्यलय र एकान्तकुनामै रहेको सानाठूला कार्यलयमा छड्के गर्न गएका थिए। यसैगरी सोही दिन सर्तकर्ता केन्द्रले नापी कार्यलय चाबहिलमा गइ छड्के गरेको थियो। ती कार्यलयहरूमा  छड्के पछि  आइतवार सर्तकर्ता केन्द्रले छुट्टाछुट्टै प्रतिबेदन तयार गरेको छ। प्रतिबेदनको रिर्पोट प्रधानमन्त्री कार्यलयलाई बोधार्थ बुझाइने सर्तकता केन्द्रका प्रवक्ता वीष्णुराज लामिछानेले बताए।

नापी कार्यलय चाबहिलमा छड्के गरी तयार गरिएको प्रतिबेदनमा सेवाग्रही कार्यलयको गेटबाट भित्र छिर्ने वित्तिकै दलालहरूले सेवा ग्रहीको हात समाती काम गराउने काम गरे नाममा  पाँच देखि हजार रूपैया हात हातै लिने गरेको जनाइएको छ। यसवारेमा नापी कार्यलय चाबहिलका प्रमुख मनिप्रसाद रेग्मीले  दलालहरूको विगविगी आफनो कार्यलयमा भएको स्विकार गरेको पनि प्रतिबेदनमा जनाइएको छ। प्रतिबेदनमा भनिएको छ, ‘दलालहरूले सेवाग्रहीहरूलाई नापी कार्यलय चाबहिलको गेटबाट हात समातेर काम गराउने ÷गराए वाफत पाँचसय देखि हजार सम्म लिने गरेको भन्ने विषयमा  उक्त कार्यलयका प्रमुखसंगको छलफलमा कार्यलय प्रमुखको स्वयम भनाइ रहेको छ।’ सर्तकर्ता केन्द्रका कर्मचारीहरूसंग कार्यलय प्रमुखले दलालहरूको विगविगीलाइ आफूले राक्ने नसक्ने पनि जनाए। प्रतिबेदनमा भनिएको छ, ‘सो कार्यलयलाई निस्तेज गर्न हामीले नसक्ने र पुलीस ल्याएर मात्र दलालहरूलाई कार्यलय परिसर भित्र निषेध गर्न सकिने, अन्यथा हामीले राक्ने नसकिने कार्यलय प्रमुखको भनाइ रहेको छ।’

यसैगरी यातायात कार्यलय चाबहिलमा गरिएको छड्के निरिक्षण पछि तयार गरिएको प्रतिबेदनमा पनि दलालहरूको विगबिगी रहेको बारेमा पनि प्रधानमन्त्री कार्यलयको ध्यानकर्षण गराइएको छ। दलाल माफर्त कर्मचारीले १० देखि ३० हजार घुस लिएर ट्रायलमा फेल भएकाहरूलाई पनि पास गराउने गरेको जनगुनासो आएको प्रतिबेदनमा  जनाइएको छ। प्रतिबेदनमा भनिएको छ, ‘दलाल मार्फत कर्मचारीले १० हजार देखि ३० हजार सम्म घुस लिएर फेल भएकाहरूलाई पनि पास गराउने  जन गुनासो आएको छ। ’ अनलाइनबाट फर्म भर्ने व्यबस्था भए पनि यातायात कार्यलयका कर्मचारीहरूले जानजान विगत एक महिना देखि इन्टरनेट र सर्भर विगारेको जनगुनासो आएको पनि प्रतिबेदनमा जनाइएको छ। ट्रायल पास भए पनि ६ सात महिना सम्म पनि लाइसेन्स पाउन नसकेको गुनासो सेवाग्रहीबाट आएको प्रतिबेदनमा जनाइएको छ।

सर्तकर्ता केन्द्रका प्रवक्ता लामिछानेले सर्तकता केन्द्र केन्द्रका कर्मचारीले जनताको काममा प्रत्यक्ष्य सरोकार राख्ने कार्यलयहरूमा गइ छड्के गर्दा अधिकाशं कार्यलयमा विचौलीयाहरूको विगबिगी रहेको पाइएको जनाए। उनले भने, ‘छड्के गरे पछि सम्बन्धित कर्मचारीहरूले प्रतिबेदन तयार गर्छन। र हामीले सम्बन्धित कार्यलयमा कारबाहीको लागि सिपाmरिश गर्छौ र प्रधानमन्त्री कार्यलयमा पनि बोधार्थ पठाउछौ।’

आजको नागरिक दैनिकमा खबर छ ।

(https://gunnewsdaily.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फूलखेतीबाट पाँच लाख आम्दानी
फूलखेतीबाट पाँच लाख आम्दानी
अन्तर्राष्ट्रिय गैससहरु स्थानीय सरकारको सहयोगी बन्नुपर्नेमा जोड
अन्तर्राष्ट्रिय गैससहरु स्थानीय सरकारको सहयोगी बन्नुपर्नेमा जोड
मनाङ जिल्लालाई राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्ने वृतचित्रको निमार्ण
मनाङ जिल्लालाई राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्ने वृतचित्रको निमार्ण
कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने
कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने
वर्षमान पुनलाई लक्षित गरी गोली प्रहार : प्रहरीले गर्‍यो जवाफी फायरिङ
वर्षमान पुनलाई लक्षित गरी गोली प्रहार : प्रहरीले गर्‍यो जवाफी फायरिङ
यी हुन् मेलम्ची आयोजनाको नाममा अाएका गाडी चढ्नेहरु, मन्त्री मगरले लिइन् एक्शन !
यी हुन् मेलम्ची आयोजनाको नाममा अाएका गाडी चढ्नेहरु, मन्त्री मगरले लिइन् एक्शन !
अघोषित ‘लक डाउन’, आजै प्रधानमन्त्रीको विशेष सम्बोधन
अघोषित ‘लक डाउन’, आजै प्रधानमन्त्रीको विशेष सम्बोधन
गुल्मी काँगे्रसको महिला हिंसा तथा जाँडरक्सी नियन्त्रण अभियान
गुल्मी काँगे्रसको महिला हिंसा तथा जाँडरक्सी नियन्त्रण अभियान
छानो चुहिएर भिज्न थाल्यो सार्वजनिक पुस्तकालय
छानो चुहिएर भिज्न थाल्यो सार्वजनिक पुस्तकालय
कुनै पनि कसर बाँकी नराखेर सुरक्षा प्रबन्ध मिलाइएको छ : गृहसचिव सापकोटा
कुनै पनि कसर बाँकी नराखेर सुरक्षा प्रबन्ध मिलाइएको छ : गृहसचिव सापकोटा

तपाईंले छुटाउनुभयो कि?