तुलसीको विवाह गर्दै आज हरि बोधिनी एकादशी मनाइदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ३, २०७५
|
|
२७ पटक हेरिएको
Shares
तुलसीको विवाह गर्दै आज हरि बोधिनी एकादशी मनाइदै

सारांश

  • आज हरि बोधिनी एकादशी पर्व मनाइदैछ ।
  • प्रत्येक वर्ष शुक्ल एकादशीका दिन मनाइने यो पर्वमा भगवान विष्णुको प्रतिकको रपमा तुलसीको विवाह र विशेष पूजाआजा गर्ने प्रचलन छ ।
  • घरघरमा तथा देशैभरका नारायण मन्दिरहरुमा आज विहानैदेखि भगवान विष्णुको पूजाआराधना गरिदैछ ।

आज हरि बोधिनी एकादशी पर्व मनाइदैछ । प्रत्येक वर्ष शुक्ल एकादशीका दिन मनाइने यो पर्वमा भगवान विष्णुको प्रतिकको रपमा तुलसीको विवाह र विशेष पूजाआजा गर्ने प्रचलन छ । घरघरमा तथा देशैभरका नारायण मन्दिरहरुमा आज विहानैदेखि भगवान विष्णुको पूजाआराधना गरिदैछ ।

धार्मिक विश्वास अनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आजै ब्युँझने भएकाले कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महीना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।

विष्णु क्षीरसागरमा सुत्ने भएकोले यी चार महीनामा विवाह ब्रतवन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ हिन्दु धर्मावलम्बीमा रहेको छ । यस समयमा खोला, नदी नालामा बाढीपहिरो आउने र सर्प जस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।

हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ । आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा “गोविन्द उठ्नुस् तपाईँ सुते जगत् सुत्छ, तपाईँ उठे जगत् उठ्छ” भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रुपमा मानवका पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रीय एवम् मन गरी ११ वटालाई जित्न उपयोग गरिन्छ ।

आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेष नारायण, इचँगुनारायण र विशङ्खुनारायण स्थानमा विशेष मेला लाग्दछ ।
यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?