कुलेश्वरको खाद्य स्टोरमा जब आपूर्ति मन्त्री भट्ट पुगेपछि…

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २६, २०७६
|
|
१८ पटक हेरिएको
Shares
कुलेश्वरको खाद्य स्टोरमा जब आपूर्ति मन्त्री भट्ट पुगेपछि…

सारांश

  • काठमाडौं।
  • लकडाउनको समयमा नागरिकलाई दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कुनै समस्या नहोस् भनेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय २४सै घण्टा परिचालित भएको छ।
  • मन्त्रालयको नेतृत्वमा रहेका मन्त्री लेखराज भट्ट र उनको सम्पूर्ण टिम नै लकडाउनको पर्वाह नगरी नागरिकलाई सहज रुपमा दैनिक उपभोग्य वस्तुमा कुनै कमी नहोस् भनेर खटिरहेको छ।

काठमाडौं। लकडाउनको समयमा नागरिकलाई दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कुनै समस्या नहोस् भनेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय २४सै घण्टा परिचालित भएको छ। मन्त्रालयको नेतृत्वमा रहेका मन्त्री लेखराज भट्ट र उनको सम्पूर्ण टिम नै लकडाउनको पर्वाह नगरी नागरिकलाई सहज रुपमा दैनिक उपभोग्य वस्तुमा कुनै कमी नहोस् भनेर खटिरहेको छ।

कहिले खाना पकाउने एलपिजी ग्यासको अवस्था बारेका स्थलगत जानकारी लिन खटेको टिम कहिले दाल, चामल तथा मैदाको अवस्था कस्तो छ र के कति मात्रामा उपलब्ध छ भनेर निरन्तर अनुगमनमा लागेको छ। कुनै पनि समस्या नहोस् भन्नेतर्फ विशेष ध्यान दिइएको मन्त्री भट्टले जानकारी दिए।

सरकार सबै नागरिकको अभिभावक हो र समस्यामा परेका नागरिकलाई के कसरी राहत उपलब्ध गराउन सकिन्छ र कसरी सहज रुपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सकिन्छ भनेर लागिपरेको मन्त्री भट्टले जानकारी दिए। उनले भने, “हामी निरन्तर रुपमा नै खाद्य पदार्थको अवस्था र आपूर्ति अवस्थाका बारेमा नियमित जानकारी लिइरहेका छौं। कुनै पनि समस्या नआओस् भनेर विशेष ध्यान दिइएको छ।”

मन्त्रालयको विशेष पहलमा नै नेपाल आयल निगमले मागभन्दा बढी एलपिजी ग्यास आयात गरिरहेको छ। सोही कारण निगमले १४.२ किलोको सिलिन्डरमा ७.१ किलो ग्यास भरेर पठाएको थियो। तर ग्यासको पुग्दो आपूर्ति भएका कारण निगमले गरेको सो व्यवस्थालाई पुनः परिवर्तन गरेर १४.२ किलोमा नै पु¥याउनुपर्ने आवश्यकता देखिएको छ। निगमले टेकुमा रहेको साविक नेशनल टे«डिङ रहेको भवनमा विभिन्न १८ प्रकारका ग्यास उपलब्ध गराएको छ। ग्यास आवश्यक पर्नेले सो स्थानमा गएर बिहानदेखि साँझसम्म नै ग्यास लिन सक्ने व्यवस्था गरिएको छ।

यस्तै राजधानी काठमाडौँमा लोकप्रिय रहेको नेपाल ग्यास र बाबा ग्यासले घुम्ती पसल नै सञ्चालन गरेर ग्यास आपूर्ति गरिरहेको छ। सरकारको पछिल्लो व्यवस्थापनलाई लिएर ग्यास उद्योगी तथा बिक्रेतासमेत सरकारलाई पूर्णरुपमा साथ दिएका छन्। दैनिक उपभोग्य वस्तुको अभाव नहोस् र भएका गोदाममा के कस्तो अवस्था रहेको छ भनेर आजै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भट्ट, वाणिज्य सचिव डा वैकुण्ठ अर्याललगायतको टोलीले कालीमाटी, कलेश्वर क्षेत्रका खाद्य स्टोरमा अनुगमन गरेको छ।

स्टोरमा आगामी एक महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको पाइएको छ। मन्त्री भट्टले खाद्य पदार्थको आपूर्ति र व्यवस्थापनमा सहजीकरण गर्न सम्बद्ध स्टोरलाई आग्रह गरे। उनले कुनै समस्या आए मन्त्रालयलाई भन्न वा सोझै आफूसँग सम्पर्क गर्नसमेत आग्रह गरे। स्टोरका सञ्चालक एवं नेपाल चेम्बर अफ कमर्शका आपूर्ति सभापति देवेन्द्रभक्त श्रेष्ठले आफूहरुसँग झण्डै एक महिनालाई पुग्ने चामल, दाल तथा मैदा रहेको भन्दै विपद्को समयमा आफूहरुलाई आपूर्ति गर्न कुनै समस्या नभएको मन्त्री भट्टलाई जानकारी दिए।

उनले लकडाउनको समयमा श्रमिक नपाइएको तथा आयातमा भने केही बढी मूल्य तिर्नुपरेको समेत बताएका थिए। उनले खाद्य पदार्थको आपूर्तिका लागि चालक तथा श्रमिकलाई सहज रुपमा आउने वातावरण बनाइदिनसमेत आग्रह गरेका थिए। श्रेष्ठको मागलाई आफूहरुले सहजीकरण गरिदिने मन्त्री भट्टको प्रतिबद्धता थियो। नेपालमा नै धान कुट्ने मिल रहेको र धानसमेत पर्याप्त रहेकाले कुटानी पिसानीमा केही सहज गरिदिनसमेत आग्रह गरिएको थियो।

उनले ढुवानी महँगो भएको र श्रमिकसमेत कम भएकाले लोड अनलोडमा समस्या देखिएको भन्दै सुधार गरिदिन आग्रह गरेका थिए। मन्त्री भट्टले नियमित रुपमा मन्त्रालयको टोली र आफूसमेत समग्र अवस्थाको मूल्याङ्कनमा निरन्तर खटेको भन्दै सहयोगका लागि व्यापारीलाई आग्रहसमेत गरेका थिए। मन्त्री भट्टलगायतको टोलीले कुलेश्वरका विभिन्न खाद्य पसल तथा स्टोरको अनुगमन गर्रेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल–भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको बैठक
नेपाल–भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको बैठक
डा. गोविन्द केसीको नेविसंघ महामन्त्रीलाई प्रश्न, नेपालमा अहिले सरकार छ र ?
डा. गोविन्द केसीको नेविसंघ महामन्त्रीलाई प्रश्न, नेपालमा अहिले सरकार छ र ?
राष्ट्रपतिमा यी दुई नेताको चर्चा : झलनाथ खनाल कि, बादल ?
राष्ट्रपतिमा यी दुई नेताको चर्चा : झलनाथ खनाल कि, बादल ?
ओमानले दियो नेपाललाई १९८ रनको लक्ष्य
ओमानले दियो नेपाललाई १९८ रनको लक्ष्य
कला, साहित्यका प्रतिष्ठान गाभ्ने विषय अन्यौलमै
कला, साहित्यका प्रतिष्ठान गाभ्ने विषय अन्यौलमै
बुटवल उपमहानगरपालिकामा एमाले कांग्रेस दुबै दलको जित्नेःदाबि कस्ले मार्ला बाजि??
बुटवल उपमहानगरपालिकामा एमाले कांग्रेस दुबै दलको जित्नेःदाबि कस्ले मार्ला बाजि??
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा प्रचण्डलार्इ वामदेव र माधवको साथ !
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा प्रचण्डलार्इ वामदेव र माधवको साथ !
ग्राण्डीमा फेरि गडबडी : दुई ट्रक प्रहरी बोलाई रमेशलाई मृत घोषणा
ग्राण्डीमा फेरि गडबडी : दुई ट्रक प्रहरी बोलाई रमेशलाई मृत घोषणा
प्रसारण लाइन अलपत्र
प्रसारण लाइन अलपत्र
दशैं मनाएर उपत्यका फर्कनेको भीड बढ्न थाल्यो
दशैं मनाएर उपत्यका फर्कनेको भीड बढ्न थाल्यो

तपाईंले छुटाउनुभयो कि?