भदौ १४ र १५ काठमाडौंमा बिम्स्टेक सम्मेलन
सारांश
- काठमाडौँ ।
- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) मुलुकका राष्ट्र-सरकार प्रमुखहरुको चौथो शिखर सम्मेलन यही भदौ १४ र १५ गते काठमाडौंमा हुँदैछ ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले शिखर सम्मेलनको अध्यक्षता गर्नेछन् ।
काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) मुलुकका राष्ट्र-सरकार प्रमुखहरुको चौथो शिखर सम्मेलन यही भदौ १४ र १५ गते काठमाडौंमा हुँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शिखर सम्मेलनको अध्यक्षता गर्नेछन् । पारस्परिक सहायताका क्षेत्रमा बिम्स्टेकले गरेका प्रगतिको शिखर सम्मेलनमा समीक्षा, भावी काममा दिशानिर्देश गर्नेछ ।
म्यान्माको नेपिट्मा सन् २०१४को मार्चमा तेस्रो शिखर सम्मेलन भएको थियो । त्यसपछि नेपालले उपक्षेत्रीय सङ्गठनको अध्यक्षता ग्रहण गरेको हो । परराष्ट्र मन्त्रालयका अनुसार चौथो शिखर सम्मेलन र त्यससम्बन्धी बैठकहरुमा बिम्स्टेक सदस्य देशहरुले सहभागिताको सुनिश्चितता गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ १४ मा सम्मेलनमा आउने बिम्स्टेक राष्ट्रका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका अनुसार भदौ १५ गते बिम्स्टेकका राष्ट्राध्यक्ष-सरकार प्रमुखको उपस्थितिमा सङ्गठनको वैधानिक दस्तावेजमा हुनेछ भने उक्त उच्च नेतृत्वले काठमाडौँ घोषणापत्र अनुमोदन गर्नेछ । चौथो शिखर सम्मेलन अगाडि यही भदौ १२ गते उच्च अधिकारीहरुको नवौँ बैठक, तथा १३ गते बिम्स्टेकका परराष्ट्रमन्त्रीहरुको १६औँ बैठक काठमाडौँमा हुनेछ ।
प्रतिक्रिया