थाई दूतावासमा ठगी गरेर फरार भएका दुई महिला पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ६, २०७४
|
|
४३ पटक हेरिएको
Shares

सारांश

  • ६ असार,काठमाडौं ।
  • काठमाडौंस्थित थाई दूतावासमा ठगी गरेर फरार भएका दुई महिला पक्राउ परेका छन् ।
  • बानेश्वरकी ४० वर्षीया सुचित्रा शर्मा गौतम र बबरमहलकी ४४ वर्षीया शोभना श्रेष्ठ प्रजापतिलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको हो ।

६ असार,काठमाडौं । काठमाडौंस्थित थाई दूतावासमा ठगी गरेर फरार भएका दुई महिला पक्राउ परेका छन् । बानेश्वरकी ४० वर्षीया सुचित्रा शर्मा गौतम र बबरमहलकी ४४ वर्षीया शोभना श्रेष्ठ प्रजापतिलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको हो ।

थाई दूतावासको भिसा शाखामा कार्यरत रहँदा उनीहरूले ८२ लाख ५५ हजार रुपैयाँ हिनामिना गरेको भन्दै दूतावासले अदालतमा मुद्दा हालेकोे थियो । १९ अगस्ट २००३ देखि १३ नोभेम्बर २००४ सम्म उनीहरूले दूतावासको भिसाबापतको राजस्व हिनामिना गरेका थिए । पक्राउ नपरेकाले त्यतिवेला उनीहरूको मुद्दा अदालतमा मुल्तबीमा राखिएको थियो ।

१ असारमा सिआइबीले उनीहरूलाई पक्राउ गरी अदालतमा पेस गरेकामा आइतबार काठमाडौं जिल्ला अदालतले चार / चार लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको सिआइबीकी एसपी मीरा चौधरीले बताइन् । उनीहरूले भिसाबापत सर्वसाधारणबाट लिएको रकम आफैँ राखी जागिर छाडेर फरार भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घरदैलोमा स्वास्थ्य सेवा
घरदैलोमा स्वास्थ्य सेवा
राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त तीन मन्त्रीलाई शपथ
राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त तीन मन्त्रीलाई शपथ
मौद्रिक नीति समीक्षा : बैंकदर एक प्रतिशत बिन्दुले घटाइयो
कास्कीमा १९ राजनीतिक दल र १०० उम्मेदवार चुनावी मैदानमा
कास्कीमा १९ राजनीतिक दल र १०० उम्मेदवार चुनावी मैदानमा
हराएका मोबाइल फोन खोज्न प्रहरी हैरान, दैनिक ८० मोबाइल हराउछन्
हराएका मोबाइल फोन खोज्न प्रहरी हैरान, दैनिक ८० मोबाइल हराउछन्
सरकारी विद्यालयमा पढाउनेलाई निः शुल्क स्वास्थ्य बीमा
सरकारी विद्यालयमा पढाउनेलाई निः शुल्क स्वास्थ्य बीमा
अमेरिकामा प्रधानमन्त्री ओलीले यी ४ वटा देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसंग भेट्दै
अमेरिकामा प्रधानमन्त्री ओलीले यी ४ वटा देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसंग भेट्दै
राष्ट्रिय सभाको गठन नगरी चुनावी प्रक्रिया सकिदैन, राष्ट्रियसभाको चुनाव गराएर सरकार छाड्छाँै: बालकृष्ण खाँड
राष्ट्रिय सभाको गठन नगरी चुनावी प्रक्रिया सकिदैन, राष्ट्रियसभाको चुनाव गराएर सरकार छाड्छाँै: बालकृष्ण खाँड
राष्ट्रपतिद्वारा अपांग दिवस एवं उधौलीको शुभकामना
राष्ट्रपतिद्वारा अपांग दिवस एवं उधौलीको शुभकामना
राष्ट्रपतिको उपचार खर्च आफैँले बेहोर्ने
राष्ट्रपतिको उपचार खर्च आफैँले बेहोर्ने