दशैको मुखमा यी मन्त्रीको पद खुस्कने खबर बाहिरियो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १०, २०७६
|
|
२८ पटक हेरिएको
Shares
दशैको मुखमा यी मन्त्रीको पद खुस्कने खबर बाहिरियो

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई हटाउने तयार गरेका छन् ।
  • उनले यसको संकेत बिहिबार दिएका छन् ।
  • राष्ट्रिय गौरवको आयोजनामा अलमल गरेको भन्दै विकासे मन्त्रालयका मन्त्रीहरुलाई हटाउने चेतावनी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई हटाउने तयार गरेका छन् । उनले यसको संकेत बिहिबार दिएका छन् । राष्ट्रिय गौरवको आयोजनामा अलमल गरेको भन्दै विकासे मन्त्रालयका मन्त्रीहरुलाई हटाउने चेतावनी दिए ।

प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठ, खानेपानी मन्त्री विना मगर र शहरी विकासमन्त्री इस्तियाक राईलाई ठाडै चेतावनी दिएका हुन् । मेलम्ची खानेपानी आयोजनामा भइरहेको अलमलमा प्रधानमन्त्रीको चासो थियो ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डकी बुहारी विना मगरलाई हटाउने प्रधानमन्त्री ओलीको चेतावनीलाई अर्थपूर्ण मानिएको छ । मेलम्चीमा व्यापक भ्रष्टाचार र अलमलको विषय उठ्दै आएको छ । भौतिक मन्त्रालयमा पनि निकै अलमल देखिएको छ । भौतिक पूर्वाधार निर्माणमा अनियमितताको उजूरी प्रधानमन्त्री कार्यालयमा पुगेको छ ।

समाजवादी पार्टीबाट सहरी विकास बनेका मोहम्मद इस्तियाक राईले पनि विकासका काममा अनियमितता गरेको उजूरीहरु प्रधानमन्त्री सम्म पुगेको छ । यसैलाई मध्यनजर गरेर ओलीले मन्त्रीहरु हटाउने चेतावनी दिएका हुन् ।

मन्त्रीमण्डलमा केही सदस्य फेर्नुपर्ने आवाज नेकपाभित्र विगतबाट उठ्दै आएको थियो । ओलीले नै मन्त्री हटाउने चेतावनी दिएपछि दशैंको मुखमा केही मन्त्रीहरुको पद जाने अवस्था बनेको छ । ती पदका लागि अहिले देखि नै नेकपाका नेताहरु दौडधूपमा लागिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?