स्पेनिस सुपरकप को उपाधी बार्सिलोनालाई, बायर्न जर्मन सुपरकप च्याम्पियन
सारांश
- काठमाडौ साउन ,२८।
- (एजेन्सी) सोमबार बिहान भएको खेलमा बार्सिलोनाले ला लिगा प्रतिद्धन्द्धी सेभिल्लालाई २–१ ले पराजित गर्दै ३२ औं संस्करणको स्पेनिस सुपरकपको उपाधि जितेको हो ।
- बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो ।
काठमाडौ साउन ,२८।(एजेन्सी) सोमबार बिहान भएको खेलमा बार्सिलोनाले ला लिगा प्रतिद्धन्द्धी सेभिल्लालाई २–१ ले पराजित गर्दै ३२ औं संस्करणको स्पेनिस सुपरकपको उपाधि जितेको हो ।बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो । खेलको नवौ मिनेटमा पाब्लो साराबियाले गोल गरेपछि बार्सिलोना खेलमा पछि परेको थियो । तर, बार्सिलोनाले त्यसपछि खेलमा पूनरागमन गयो उसका लागी खेल को ४२ औं मिनेटमा जेरार्ड पिकेले बराबरी गोल फर्काए । ७८ औं मिनेटमा औसमाने डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए ।
इन्जुरी समयमा गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनले एलेक्स भिडाललाई लाएपछि सेभिल्लाले पेनाल्टीको मौका पाएको थियो । विसाम विनयडरको पेनाल्टी प्रहार गोलरक्षक स्टेगनले बचाउदै बार्सिलोनाले खेल २–१ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भयो ।बार्सिलोनाको यो सिजनको पहिलो उपाधि हो । गतवर्ष बार्सिलोनाले स्पेनिस ला लिगा र कोपा डेल रेको उपाधि जितेको थियो । यस्तै बार्सिलोना स्पेनिस सुपरकप सर्बाधिक जित्ने टोलि समेत बनेको छ ।
बायर्न जर्मन सुपरकप च्याम्पियन- रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक गोल मद्धतमा बायर्न म्युनिख जर्मन सुपरकप च्याम्पियन बनेको छ । म्युनिखले इन्ट्राच्ट फ्राङ्कफ्रटमाथि ५–० को जित निकाल्दै जर्मन सुपरकप च्याम्पियन बन्न सफल भएको हो ।आइतबार राति भएको खेलमा म्युनिखलाई च्याम्पियन बनाउन रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक तथा किङ्सले कोमान र थियागो अलकान्तारले समान एक गोल गरे ।५४ औं मिनेटमा रोबर्टलले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए। 
प्रतिक्रिया