प्रधानसेनापतिले तराई पुगेर के भने ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १६, २०७४
|
|
३३ पटक हेरिएको
Shares
प्रधानसेनापतिले तराई पुगेर के भने ?

सारांश

  • प्रधानसेनापति राजेन्द्र क्षेत्री नेतृत्वको विशेष सैन्य टोलीले तराईका जिल्लाहरूमा निर्वाचन सुरक्षा अवस्था निरीक्षण गरेको छ ।
  • नेपाली सेनाले सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएका जिल्लाहरूको विशेष निगरानी गरिरहेका बेला बिहीबार र शुक्रबार प्रधानसेनापति नै ती जिल्ला पुगेका हुन् ।
  • टोलीले बिहीबार भारतसँग सीमा जोडिएका र आपराधिक समूहहरू बढी नै सक्रिय रहेका र हुन सक्ने कोटिमा परेका जिल्लाको भ्रमण गरेको थियो भने शुक्रबार बुटवललाई केन्द्रमा राखेर आसपास क्षेत्रको अनुगमन गरेको हो ।

प्रधानसेनापति राजेन्द्र क्षेत्री नेतृत्वको विशेष सैन्य टोलीले तराईका जिल्लाहरूमा निर्वाचन सुरक्षा अवस्था निरीक्षण गरेको छ ।

नेपाली सेनाले सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएका जिल्लाहरूको विशेष निगरानी गरिरहेका बेला बिहीबार र शुक्रबार प्रधानसेनापति नै ती जिल्ला पुगेका हुन् ।

टोलीले बिहीबार भारतसँग सीमा जोडिएका र आपराधिक समूहहरू बढी नै सक्रिय रहेका र हुन सक्ने कोटिमा परेका जिल्लाको भ्रमण गरेको थियो भने शुक्रबार बुटवललाई केन्द्रमा राखेर आसपास क्षेत्रको अनुगमन गरेको हो ।

निर्वाचनको तेस्रो घेरामा रहने सेनाले सुरक्षा संवेदनशील क्षेत्रमा पहिलेदेखि नै गस्ती बढाइसकेको छ । प्रधानसेनापति क्षत्रीले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउन आफ्नो जिम्मेवारी सचेततापूर्वक निर्वाह गर्न निर्देशन दिए ।

निर्वाचन सुरक्षा निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले स्थलगत वस्तुस्थिति, अपरेसन, तालिम, बन्दोबस्ती लगायत तयारीबारे जानकारी लिएको सैन्य जनसम्पर्क तथा सूचना निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।

(linksmagazine.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकलाई हवाइ भाडामा सहुलियत दिन कर्णाली पर्यटन उद्यमी समाजकाे माग
नागरिकलाई हवाइ भाडामा सहुलियत दिन कर्णाली पर्यटन उद्यमी समाजकाे माग
प्रदेश ३ को राजधानी काभ्रे सार्न माग
प्रदेश ३ को राजधानी काभ्रे सार्न माग
फागु पूर्णिमा अर्थात् होली आज हर्षोल्लासका साथ मनाइँदै
फागु पूर्णिमा अर्थात् होली आज हर्षोल्लासका साथ मनाइँदै
आजबाट वर्षा सुरु हुने, तीनवटा प्रदेशमा हिमपात
आजबाट वर्षा सुरु हुने, तीनवटा प्रदेशमा हिमपात
पोखराको सेदीबगर रातमाटेमा जीप दुर्घटना, १ को मृत्यू, ५ घाइते
पोखराको सेदीबगर रातमाटेमा जीप दुर्घटना, १ को मृत्यू, ५ घाइते
मोदी काठमाडौं आइपुग्दा ग्रेटर नेपालका अध्यक्ष जेलमा
मोदी काठमाडौं आइपुग्दा ग्रेटर नेपालका अध्यक्ष जेलमा
अमिलिया–तुलसीपुर सडकको बेहाल, सम्बन्धित निकाय अर्काको टाउकोमा दोष थोपर्न व्यस्त
अमिलिया–तुलसीपुर सडकको बेहाल, सम्बन्धित निकाय अर्काको टाउकोमा दोष थोपर्न व्यस्त
दुई नं प्रदेशमा मधेशवादी गठबन्धनको सरकार बन्ने महतोको दाबी
दुई नं प्रदेशमा मधेशवादी गठबन्धनको सरकार बन्ने महतोको दाबी
सुन प्रकरण : भन्सार कर्मचारीसहित छ जना पक्राउ
सुन प्रकरण : भन्सार कर्मचारीसहित छ जना पक्राउ
भारतीय सेनामाथि आक्रमण गर्ने अल कायदा प्रमुख जवाहिरीको धम्की
भारतीय सेनामाथि आक्रमण गर्ने अल कायदा प्रमुख जवाहिरीको धम्की

तपाईंले छुटाउनुभयो कि?