लालबाबु पण्तिको खुलासा-सुन तस्करमा नेतादेखि कर्मचारी संलग्न
सारांश
- संविधान संशोधन नीति तथा कार्यक्रममा आउने विषय होइन जेठ ९, काठमाण्डौ ।
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सुन तस्करका संलग्न सबैलाई पक्राउ गर्ने बताएका छन् ।
- सुन तस्करबारे छानबिन गर्नका लागि एक महिनाको समय थपिएको बताउँदै पण्डितले तस्करमा जोडिएका जोसुकैलाई कारबाही गरिने बताए ।
संविधान संशोधन नीति तथा कार्यक्रममा आउने विषय होइन
जेठ ९, काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सुन तस्करका संलग्न सबैलाई पक्राउ गर्ने बताएका छन् ।
सुन तस्करबारे छानबिन गर्नका लागि एक महिनाको समय थपिएको बताउँदै पण्डितले तस्करमा जोडिएका जोसुकैलाई कारबाही गरिने बताए ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै मन्त्री पण्डितले सुन तस्करमा संलग्न कसैलाई पनि छोड्ने पक्षमा सरकार नरहेको स्पष्ट पारे ।
“कुनै रहस्य यदी छ भने पनि सबै रहस्यको पर्दाफास हुन्छ । जतिसुकै शक्तिशाली र ठूला मान्छे सुन तस्करमा संलग्न भए पनि जेल जान्छन् ।” पण्डितले भने । “कोही पनि राजनीतिकर्मीहरुको नाम आयो भने पनि छुट पाउने स्थिती हुँदैन । प्रमाणको आधारमा छानबिन हुन्छ ।”
छानबिन समितिको प्रतिवेदनले जोकोहीको संलग्नता पुष्टी गरे पनि सरकारले कानुनअनुसार कारबाही गर्ने पण्डितले बताए ।
“सुन तस्करमा संलग्नको पर्दाफास गर्न लागि नै सरकारले समिति बनाएको हो । समितिलाई पूर्ण सहयोग गरेर तस्करमा संलग्नको पहिचान गरेर कारबाही गर्छौँ ।” पण्डितले भने । “जनताको तहमा जनप्रतिनिधीको तहमा, सरकारको तहमा, राजनीतिक पार्टीको तहमा र कर्मचारीको तहमा भएमा पनि यदी छन् भने कसैले पनि छुट पाउँदैनन् ।”
सरकारले ल्याएको नीति तथा कार्यक्रम देश र जनताको हितमा रहेको दाबी गरेका छन् ।
प्रतिपक्षी दल नेपाली कांग्रेसले नीति तथा कार्यक्रम संशोधन गर्नुपर्छ भन्नु धर्म मात्रै भएको उनले बताए ।
यद्यपी संसदमा हुने छलफलमा सकारात्मक सुझाब आएमा त्यसलाई बजेटमा समावेश गरिने मन्त्री पण्डितले बताए । सत्तापक्षले नीति तथा कार्यक्रममाथि कुनै पनि संशोधन दर्ता नगराउने पण्डितले स्पष्ट पारे ।
संविधान संशोधन गर्ने कुरा नीति तथा कार्यक्रममा समावेश नगरिएकोप्रति आलोचना भइरहँदा मन्त्री पण्डितले संविधान संशोधन गर्नका लागि नीति तथा कार्यक्रममा उल्लेख गर्न आवश्यन नरहेको बताए ।
“नीति र कार्यक्रममा नआइकन संविधान संशोधन हुँदैन भन्ने कसैको भनाई छ भने त्यो बुझाई नै गलत हो ।” उनले भने ।
संविधान संशोधन नीति तथा कार्यक्रममा आउने विषय नै नभएको पण्डितको तर्क छ । अहिले तत्काल संविधान संशोधन गर्न आवश्यक नरहेको उनले बताए ।
Durga Begha
भन्ने मात्रै समाउन थाल्ने हो
Mongol Gunjan
मन्त्रीहरुलाई पनि समाउनु पर्यो। पुलिसहरु त पक्राउ पर्दैछन नेता खोइ?
Yadav Raj Giri
नेताहरु कुन कुन हुन जनता समक्ष ल्याउनु पर्यो मन्त्रीजी । हाम्रो देश बिगार्ने त्यस्तै नेता र कर्मचारीहरुले नै हो ।
Roman Singh
sabibhanda pahelita neta nakeharoli samunoprx
Rajkumar Chauhan
पहिले महरालाई गर्नु पर्यो नि त। साना माछा रेन्त
Aditya Raj
Yo desh ma koi chor ra daka haru chan bhae tyo neta haru ni chan.yini haru matri tah lagyo bhane sab aaphai tah lagchan.