देउवाकै प्रदेशमा कांग्रेस किन पछि ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २७, २०७४
|
|
३८ पटक हेरिएको
Shares
देउवाकै प्रदेशमा कांग्रेस किन पछि ?

सारांश

  • ‘वाम गठबन्धनको राष्ट्रवाद र स्थिर सरकारको नारा, गठबन्धनपछि उनीहरुले नै जित्छन् भन्ने मनोविज्ञानका कारण देशभरि आएको वाम लहरले कांग्रेसको आधारक्षेत्र पनि भत्कायो ।
  • ’ ‘सुदूरपश्चिम (प्रदेश ७) कांग्रेसको गढ हो ।
  • यहाँ बढीमा ११ र घटीमा ८ सिट जित्छौं ।

‘वाम गठबन्धनको राष्ट्रवाद र स्थिर सरकारको नारा, गठबन्धनपछि उनीहरुले नै जित्छन् भन्ने मनोविज्ञानका कारण देशभरि आएको वाम लहरले कांग्रेसको आधारक्षेत्र पनि भत्कायो ।’

‘सुदूरपश्चिम (प्रदेश ७) कांग्रेसको गढ हो । यहाँ बढीमा ११ र घटीमा ८ सिट जित्छौं । प्रदेशमा कांग्रेसले नै सरकार बनाउँछ,’ प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले साताअघि कान्तिपुरसित यस्तो दाबी गरेका थिए ।

तर, यो दाबी सत्यमा परिणत भएन । प्रदेश ७ बाट प्रतिनिधिसभा सदस्यका उनी एक्ला विजेता बने । देशव्यापी वाम गठबन्धनको लहर चलिरहेका बेला उनले धन्न साख जोगाए ।

प्रदेश ७ का ९ जिल्लाका १८ सिटमा कांग्रेस डडेलधुराको एक मात्र प्रतिनिधिसभा क्षेत्रबाट जितेको छ । प्रदेशसभामा कांग्रेसले ४ वटा सिट जित्यो । डडेलधुरामा १, कैलालीमा २ र डोटीमा १ गरी ४ सिटमा चित्त बुझायो ।

पञ्चायतकालदेखि नै विद्यार्थी राजनीतिबाट चर्चामा आएका कांग्रेस नेता एनपी साउद, शान्ति प्रक्रिया सफल पार्न भूमिका खेलेका अर्का नेता रमेश लेखक र देउवाका समकालीनमा गनिने सुनिल भण्डारीले पराजयको सामना गर्नुपर्‍यो ।

थारू समुदायका रामजनम चौधरी, पछिल्लो सरकारमा प्रभावशाली मन्त्री वीरबहादुर बलायर र प्रधानमन्त्री पत्नी आरजु राणाले पनि असफलताबाट गुज्रनु परेको छ ।, यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Maya Chettri

    सुशीला ज्यू र नव राज सरको पाप लागेछ शेर बाहादुरको दम्पतिलाई ।अब पाप पखाल्न तिर्थ जानुहोस ।

    Comment Author

    Raju Sth

    चोर देउबा लाई पार्टी बात अाउत गर

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?