बजेट अभावमा आधा दर्जन सडकको निर्माण ठप्प

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
२१ पटक हेरिएको
Shares
बजेट अभावमा आधा दर्जन सडकको निर्माण ठप्प

सारांश

  • कपिलवस्तु, १३ माघ ।
  • बजेट अभावका कारण यहाँका आधा दर्जन सडक निर्माण कार्य ठप्प हुने अवस्थामा पुगेका छन् ।
  • डिभिजन सडक कार्यालय कपिलवस्तुले गत आवमा जिल्लामा क्षेत्रीय तथा पर्यटकीय महत्वका छ वटा सडकलाई कालोपत्रे तथा विस्तार गर्ने ठेक्का लगाएको थियो ।

कपिलवस्तु, १३ माघ । बजेट अभावका कारण यहाँका आधा दर्जन सडक निर्माण कार्य ठप्प हुने अवस्थामा पुगेका छन् ।

डिभिजन सडक कार्यालय कपिलवस्तुले गत आवमा जिल्लामा क्षेत्रीय तथा पर्यटकीय महत्वका छ वटा सडकलाई कालोपत्रे तथा विस्तार गर्ने ठेक्का लगाएको थियो । बहुवर्षे सडकअन्तर्गत क्षेत्रीय तथा पर्यटकीय महत्वका यहाँका छ वटा मुख्य सडकको निर्माण कार्य यति बेला बजेट अभावका कारण ठप्प हुने अवस्थामा छन् ।

जिल्लाको कोइली–कोपवा–तिलौराकोट, सुठौली–बैदौली–पटना, पकडी–जयनगर, बरोहिया–पचेहरा, चाकरचौडा–गौरा–सिसहनिया र पिपरा–पकडी सडक निर्माणबीचमै रोकिने भएको हो । बहुवर्षीय ठेक्कामार्फत निर्माणाधीन अवस्थामा रहेका ती सडकमा अर्थ मन्त्रालयले थप बजेट नदिएपछि कामबीचमै रोकिने सम्भावना बढेको डिभिजन सडक कार्यालय शिवपुरले जनाएको छ ।

डिभिजन सडक कार्यालय शिवपुरले गत आवमा ठेक्का सम्झौता गरी अहिलेसम्म सबै सडकमा काम भइरहेको भए पनि मन्त्रालयबाट समयमै थप बजेट नआउँदा चालू आवमा कामको भुक्तानी दिनसमेत समस्या भएको डिभिजन प्रमुख रमेश पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “तीन वर्षको ठेक्का सम्झौता भएको छ, पहिलो चरणको भुक्तानी दियौँ, अब बजेट नै छैन कसरी काम अघि बढाउने” ।

अर्थ मन्त्रालयले आव ०७३/७४ मा २१ वटा सडक स्तरोन्नति तथा निर्माण गर्न रु आठ लाखका दरले बजेट दिएको थियो । जसमध्ये छ वटा सडकलाई बहुवर्षीय आयोजनामार्फत ठेक्का लगाउन अर्थले सहमति दिएको थियो ।

सोहीअनुसार ठेक्का लगाई गत आव ०७३/७४ को रकम निकासा गरेको अर्थले यस आव ०७४÷/५ मा भने बजेट नै नछुट्याएपछि सडक निर्माण कार्य ठप्प हुने अवस्थामा पुगेको हो ।

कार्यालयका अनुसार पूर्व–पश्चिम राजमार्गदेखि प्राचीन तिलौराकोट दरबार जोड्ने कोइली–कोपवा–तिलौराकोटको आठ किलोमिटर सडक निर्माण द्रुत गतिमा भइरहेको छ । सात मिटर चौडा कालोपत्रे सडक निर्माणका लागि रु १५ करोडमा अर्घाखाँची निर्माण सेवालाई ठेक्का दिइएको छ ।

तर ठेकेदार कम्पनीले २५ प्रतिशतभन्दा बढीको काम गरिसकेको कार्यालयले जनाएको छ । आव २०७४ ठेकेदार सागर भुसालले अहिलेसम्म रु चार करोडभन्दा बढीको काम गरिसके पनि भुक्तानी नपाएको गुनासो गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?