कामकाजमा आएन थारु भाषा !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २६, २०७५
|
|
२६ पटक हेरिएको
Shares
कामकाजमा आएन थारु भाषा !

सारांश

  • घोराही, २६ भदौ ।
  • घोराही उपमहानगरपालिकाको गत पुस २३ गतेको कार्यपालिका बैठकले उपमहानगरबाट हुने कामकाजी भाषालाई थारु भाषा बनाउने निर्णय गरे पनि कार्यान्वयनमा आएको छैन ।
  • उक्त निर्णयलाई २०७४ माघ १ गतेदेखि लागु गर्ने भनिएको थियो ।

घोराही, २६ भदौ । घोराही उपमहानगरपालिकाको गत पुस २३ गतेको कार्यपालिका बैठकले उपमहानगरबाट हुने कामकाजी भाषालाई थारु भाषा बनाउने निर्णय गरे पनि कार्यान्वयनमा आएको छैन । उक्त निर्णयलाई २०७४ माघ १ गतेदेखि लागु गर्ने भनिएको थियो । उपमहानगरपालिकाका प्रमुख नै थारु समुदायको हुनु र यहाँको अधिकांश जनसङ्ख्या थारु हुँदा उपमहानगरले यस क्षेत्रको सरकारी निकायमा थारु भाषालाई कामकाजको भाषा बनाउनु स्वाभाविक मानिन्छ ।

उपमहानगरपालिकाका सूचना अधिकृत भीमप्रकाश चौधरी थारु भाषा लागु भए पनि त्यसको कार्यान्वयन सरोकारवालाबाट हुन नसकेको बताउँछन् । थारु भाषाप्रति चासो र चिन्ता व्यक्त गर्नेहरु तथा स्वयं थारु समुदाय नै यसको उपयोगमा लाग्नुपर्ने उहाँको भनाइ छ “उपमहानगरपालिकाले यहाँको थारु बाहुल्यलाई ध्यान दिएर थारु भाषालाई प्राथमिकता दियो”, उनले भने “तर थारु समुदाय नै यसप्रति जागरुक छैनन् ।” आफू उपमहानगरको सूचना अधिकृत भएयता थारु भाषामा निवेदन लिएर एक जना पनि नआएको उनले बताए । साथै थारु भाषामा बोल्न चाहनेहरु पनि खासै देखिएका छैनन् ।

स्वयं थारु समुदायका शिक्षित व्यक्तिले नै पछिल्लो समय थारु भाषा बिर्सँदै जानु, थारु भाषा बोल्नेहरु घट्नु, आफ्नो भाषासंस्कृतिको महत्वप्रति नयाँ पुस्ता चनाखो नहुँदा नै उपमहानगरको कदमले सार्थकता पाउन नसकेको उनको भनाइ छ । घोराही वडा नम्बर ३ मा एक युवकले क्लब दर्ताका लागि थारु भाषामा एउटा निवेदन दिनेबाहेक उपमहानगरका १९ वटै वडामा अहिलेसम्म एउटा पनि थारु भाषामा निवेदन पर्न सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?