दमकको डेरीले दूधको भुक्तानी नपाउँदा दमकका किसान आर्थिक सङ्कटमा

Asmita-Newsdesk Asmita-Newsdesk
|
बिहिबार, श्रावण १४, २०८३
|
|
९४ पटक हेरिएको
Shares
दमकको डेरीले दूधको भुक्तानी नपाउँदा दमकका  किसान आर्थिक सङ्कटमा

सारांश

  • झापाको दमक नगरपालिका–३ मा सञ्चालित हंसे दुम्से दुग्ध डेरी तथा पशु उत्पादन तथा सङ्कलन सहकारी संस्थाले लामो समयदेखि दूधको भुक्तानी नदिएपछि स्थानीय दुग्ध किसानहरू आर्थिक सङ्कटमा परेका छन्।
  • हालसम्म ६० जना किसानको २२ लाख ६५ हजार २०० रुपैयाँ बक्यौता प्रमाणित भइसकेको छ भने पीडितहरूको सङ्ख्या दुई सयको हाराहारीमा रहेको अनुमान गरिएको छ।
  • पसिनाको मूल्य नपाउँदा किसानहरूलाई घरखर्च चलाउन तथा गाईभैँसीका लागि दाना खरिद गर्न समेत धौधौ परेको छ।

झापाको दमक नगरपालिका–३ मा सञ्चालित हंसे दुम्से दुग्ध डेरी तथा पशु उत्पादन तथा सङ्कलन सहकारी संस्थाले लामो समयदेखि दूधको भुक्तानी नदिएपछि स्थानीय दुग्ध किसानहरू आर्थिक सङ्कटमा परेका छन्। हालसम्म ६० जना किसानको २२ लाख ६५ हजार २०० रुपैयाँ बक्यौता प्रमाणित भइसकेको छ भने पीडितहरूको सङ्ख्या दुई सयको हाराहारीमा रहेको अनुमान गरिएको छ।

पसिनाको मूल्य नपाउँदा किसानहरूलाई घरखर्च चलाउन तथा गाईभैँसीका लागि दाना खरिद गर्न समेत धौधौ परेको छ। यसरी दैनिक जीविकोपार्जन नै प्रभावित भएपछि आक्रोशित बनेका किसानहरूले न्यायका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा उजुरी दर्ता गराएका छन्।

किसानहरूले वर्तमान अध्यक्ष हिमालयप्रसाद दाहालसहित पूर्वअध्यक्षहरू गेहनाथ पोखरेल, पुष्प ढकाल र शान्तिराम भट्टराईमाथि छानबिन गर्न माग गरेका छन्।  संस्थाका अध्यक्ष दाहालले भने आफूहरू नभागेको स्पष्ट पार्दै अघिल्लो व्यवस्थापनकै कमजोरीका कारण यो अवस्था आएको दाबी गरेका छन्। उनले किसानको बक्यौता तिर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यता नियामक निकाय दमक नगरपालिकाको सहकारी शाखाका प्रमुख इच्छाराम चम्लागाईंका अनुसार उक्त सहकारीले विगत दुई वर्षदेखि संस्था नवीकरण समेत गरेको छैन। संस्थाले साधारण सभा र आफ्नो वित्तीय अवस्थाबारे नगरपालिकालाई कुनै आधिकारिक जानकारी नदिएको पाइएकाले हाल नगरपालिकाले यस विषयमा छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूमिगत अवस्थामै फिल्मको खोजीमा शिल्पा पोखरेल
भूमिगत अवस्थामै फिल्मको खोजीमा शिल्पा पोखरेल
पुजा गरेर फर्किएका तिर्थयात्रीको मृत्यु
पुजा गरेर फर्किएका तिर्थयात्रीको मृत्यु
आहा रारा गोल्ड कपमा हिमाको सहयोग
आहा रारा गोल्ड कपमा हिमाको सहयोग
कारागारभित्रै विभिन्न उद्यम गरी मासिक रु २५ हजार बढी आम्दानी
कारागारभित्रै विभिन्न उद्यम गरी मासिक रु २५ हजार बढी आम्दानी
एक दशकभित्र नयाँ आकारको नेपाल बनाउन सकिन्छ : अध्यक्ष प्रचण्ड
एक दशकभित्र नयाँ आकारको नेपाल बनाउन सकिन्छ : अध्यक्ष प्रचण्ड
वृश्चिक राशि हुनेको न्वारानको नाम अनुसारको फल यस्तो हुन्छ
वृश्चिक राशि हुनेको न्वारानको नाम अनुसारको फल यस्तो हुन्छ
अध्यक्ष कार्कीले खोले डरलाग्दो तथ्य: देउवाले गायव पारे चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन !
अध्यक्ष कार्कीले खोले डरलाग्दो तथ्य: देउवाले गायव पारे चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन !
अचारसंहिता उल्लंघन गर्नेलाई जनताले पाठ सिकाउने: नेता कोइराला
अचारसंहिता उल्लंघन गर्नेलाई जनताले पाठ सिकाउने: नेता कोइराला
२० फागुनपछि मात्र संसद बैठक
२० फागुनपछि मात्र संसद बैठक
नेपाल र भारतबीचको बिधुत व्यापारका लागि निर्माण गरिएको ढल्केबर सवस्टेसन सञ्चालनमा
नेपाल र भारतबीचको बिधुत व्यापारका लागि निर्माण गरिएको ढल्केबर सवस्टेसन सञ्चालनमा