देशकै होची महिला मालती: सरकारले मासिक दुई हजार दिने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
२३ पटक हेरिएको
Shares
देशकै होची महिला मालती: सरकारले मासिक दुई हजार दिने

सारांश

  • मोरङ, माघ १६ ।
  • मोरङको सुन्दर हरैँचा नगरपालिकामा देशकै होची महिला फेला परेको दाबी गरिएको छ ।
  • सुन्दर हरैँचा नगरपालिका–४ निवासी रमेशप्रसाद मुररकी १९ वर्षीया छोरी मालती ऋषिदेव देशकै होचो महिला भएको दाबी गरिएको हो ।

मोरङ, माघ १६ । मोरङको सुन्दर हरैँचा नगरपालिकामा देशकै होची महिला फेला परेको दाबी गरिएको छ ।

सुन्दर हरैँचा नगरपालिका–४ निवासी रमेशप्रसाद मुररकी १९ वर्षीया छोरी मालती ऋषिदेव देशकै होचो महिला भएको दाबी गरिएको हो । १४ किलो तौल रहेकी मालतीको उचाइ ३२ इन्च छ । उनको नागरिकता छैन, तर सुन्दर हरैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले मालतीलाई सामाजिक सुरक्षा भत्ताबापत मासिक रु दुई हजार उपलब्ध गराउने बताए ।

मालतीको जन्म २०५६ भदौ १८ गते भएको हो । २०६२ जेठ ३० मा उनले जन्मदर्ता बनाएकी हुन् । बुबा रमेशप्रसाद मुरर र आमा मीनादेवी मुरर दुवैको जन्मसिद्ध नागरिकता छ । तर मालतीको नागरिकता छैन ।

सरकारले केही समयका लागि जन्मसिद्ध नागरिकता वितरण कार्य रोकेको छ । जन्मसिद्ध नागरिकता वितरण प्रक्रिया सुचारु भएपछि मालतीलाई नागरिकता उपलब्ध गराउने प्रमुख ढकालले बताए ।
उनले जबसम्म मालतीको नागरिकता बन्दैन तबसम्म नगरपालिकाको आन्तरिक स्रोतबाट सामाजिक सुरक्षा भत्ताअन्तर्गत मासिकरुपमा रु दुई हजार उपलब्ध गराउने बताए ।

तीन सन्तानका पिता रमेशप्रसाद मुररको घर सुन्दर हरैँचा–४ को सुकुम्वासी बस्तीमा छ । खान बस्नको समस्या भएका कारण छोरी मालतीको उचाइ बढाउने गरी औषधोपचार र शिक्षाको व्यवस्था गर्न नसकिएको मुररले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माधव नेपालले मुख खोले : ‘मेरो दोष छैन्, म अपराधी होइन’
माधव नेपालले मुख खोले : ‘मेरो दोष छैन्, म अपराधी होइन’
वायु प्रदूषण : बाहिर ननिस्कन विज्ञको सुझाव
वायु प्रदूषण : बाहिर ननिस्कन विज्ञको सुझाव
एमसीसीमा सहयोग गर्नेलाई धन्यवाद दिदै सरकारले सुनायो मन्त्रिपरिषद बैठकको निर्णय
एमसीसीमा सहयोग गर्नेलाई धन्यवाद दिदै सरकारले सुनायो मन्त्रिपरिषद बैठकको निर्णय
नियन्त्रणमा लिइएको बाघ पर्सा पठाइयो
नियन्त्रणमा लिइएको बाघ पर्सा पठाइयो
भारतबाट आउने विजुलीमा कटौती, हिउँदमा लोडसेडिङको संभावना
भारतबाट आउने विजुलीमा कटौती, हिउँदमा लोडसेडिङको संभावना
आमाको मुख हेर्ने पर्व अर्थात् मातृ सम्मान दिवस
आमाको मुख हेर्ने पर्व अर्थात् मातृ सम्मान दिवस
अघि बढ्यो निर्वाचन कानुन- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन संसदको दफावार छलफलमा
अघि बढ्यो निर्वाचन कानुन- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन संसदको दफावार छलफलमा
कागबेनी बस्ती पुनर्निर्माण सरकारको प्राथमिकतामा : गृहमन्त्री श्रेष्ठ
कागबेनी बस्ती पुनर्निर्माण सरकारको प्राथमिकतामा : गृहमन्त्री श्रेष्ठ
सञ्चिता लुईंटेलकाे चलचित्र प्रदर्शनको भोलिपल्टै हलबाट हटाइएपछि…
सञ्चिता लुईंटेलकाे चलचित्र प्रदर्शनको भोलिपल्टै हलबाट हटाइएपछि…
फेरि ८०० ले बढ्यो सुन, प्रतितोला ७३ हजार ४००
फेरि ८०० ले बढ्यो सुन, प्रतितोला ७३ हजार ४००

तपाईंले छुटाउनुभयो कि?