सवारी अनियमितता बढ्दो

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १३, २०७९
|
|
३६ पटक हेरिएको
Shares
सवारी अनियमितता बढ्दो

सारांश

  • काठमाडौं ।
  • पासाङल्हामु मार्ग अन्तर्गत रसुवा जिल्लामा प्रवेश गर्ने अधिकांश सवारीसाधन अनियमित तवरले सञ्चालन हुन थालेपछि ट्राफिक कारबाही तीव्र पारिएको छ ।
  • यातायात व्यवस्था विभागको अनुमति नलिइ आफूखुसी आउने, सवारी साधनमा ब्लूबुक नराख्ने, सवारी चालक अनुमतिपत्र नल्याउने, हल्का सवारी चालकको अनुमति पत्रले ठूला कन्टेनरको चालक बन्ने जस्ता विकृति भेटिन थालेपछि ट्राफिक प्रहरीले परीक्षण एवं कारबाही तीव्र रूपमा अगाडि बढाएको हो ।

काठमाडौं । पासाङल्हामु मार्ग अन्तर्गत रसुवा जिल्लामा प्रवेश गर्ने अधिकांश सवारीसाधन अनियमित तवरले सञ्चालन हुन थालेपछि ट्राफिक कारबाही तीव्र पारिएको छ । यातायात व्यवस्था विभागको अनुमति नलिइ आफूखुसी आउने, सवारी साधनमा ब्लूबुक नराख्ने, सवारी चालक अनुमतिपत्र नल्याउने, हल्का सवारी चालकको अनुमति पत्रले ठूला कन्टेनरको चालक बन्ने जस्ता विकृति भेटिन थालेपछि ट्राफिक प्रहरीले परीक्षण एवं कारबाही तीव्र रूपमा अगाडि बढाएको हो ।

चालु आर्थिक वर्षको गत साउनदेखि फागुनसम्मको परीक्षणबाट दुई हजार नौ सय २० वटा सानाठूला सवारीसाधन कारबाहीमा परिसकेका छन् । जाँच परीक्षण कार्य भने तीव्ररूपमा अगाडि बढिरहेको जिल्ला ट्राफिक रसुवाले जनाएको छ । आठ महिनामा सात सय २५ मोटरसाइकल एवं छ सय २९ कार जीप, एक सय आठ वटा बस र एक हजार चार सय ५८ ट्रक टिपरलाई कारबाही गरिएको निमित्त जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज सन्तोष घिमिरेले बताए ।

यो वर्ष सवारीसाधन सञ्चालनको प्रक्रिया नपुर्याइ आफूखुसी हिँड्ने चालक एवं सवारीधनीको सङ्ख्या क्रमशः वृद्वि हुँदै गएको ट्राफिक प्रहरीको विश्लेषण रहेको छ । सवारी नियम उलङ्घन गर्ने सवारी चालक उपर कारबाहीस्वरूप जरिवाना मात्र गर्ने प्रावधान अनुरूप आठ महिनामा असूल गरिएको रू ३० लाख ९४ हजार पाँच सय जरिवाना राज्यकोषमा दाखिला गरिसकेको जिल्ला ट्राफिक राजस्व अभिलेखकर्ता जयराम लामिछानेले बताए ।

यस्तै चालु आवको आठ महिनामा रसुवाका सडक मार्गका विभिन्न भागमा सानाठुला १२ सवारी साधन दुर्घटना भएको थियो । गत भदौ १७ गते रसुवाको तारूकेमा भएको डुङ्गा दुर्घनाबाट दोलखा गौरीशङ्करका २३ वर्षीय विश्वनाथ भुजेल, कात्तिक ४ गते साङ्जेन हाइड्रो पावरमा भएको लोडर दुर्घटनाबाट दाङ राप्तीका ३६ वर्षीय वसन्तराज घिमिरे, कात्तिक १७ मै रसुवा कालिका– ४ कटुञ्जेमा भएको मोटरसाइकल दुर्घनाका कारण सोही स्थानका ८४ वर्षीय टीकानाथ न्यौपाने र मङ्सिर ५ गते साङ्जेन हाईड्रो पावरको बाँधमा भएको स्काभेटर दुर्घटनामा रसुवा गोल्जुङका ४५ वर्षीय कामी घलेको दुःखद निधन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका दुई महिलासहित १० जना भने उपचारपछि घर फर्केको जनाइएको छ । कुनैपनि सवारी चालकले नियमानुसारको कागजपत्र साथमा राख्न, सडकको अवस्था हेरेर मात्र गतिलिन, छतमा कुनैपनि यात्रु नराख्न, आफ्ना सवारी साधनमा जान लागेका यात्रुलाई बीचबाटोमा नछोड्न, यात्राका लागि आफ्ना सवारी साधनमा बसेका यात्रुलाई शौचालय गराउन आवश्यक स्थानमा रोकी सहयोग गर्दै ट्राफिक नियम कानुनको पूर्ण पालना गर्न चालकलाई अनुरोध गरिएको निमित्त इन्चार्ज घिमिरेले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गठबन्धन सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्छ : प्रधानमन्त्री
गठबन्धन सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्छ : प्रधानमन्त्री
साढे ३ करोड नक्कली भारु सहित युनिस अन्सारी पक्राउ
साढे ३ करोड नक्कली भारु सहित युनिस अन्सारी पक्राउ
रवि लामिछानेले प्रदेशसभामा मतदान गरेनन्
रवि लामिछानेले प्रदेशसभामा मतदान गरेनन्
प्रधानमन्त्री दाहालले  गरे चडियाखानाको अवलोकन
प्रधानमन्त्री दाहालले गरे चडियाखानाको अवलोकन
मौसमी भाइरल ज्वारोबाट सिङ्गो गाउँ नै प्रभावित
मौसमी भाइरल ज्वारोबाट सिङ्गो गाउँ नै प्रभावित
रक्षा नेपालकि मेनुकालाई भाईको पत्र: कसैका लागि गरेर के पाउनु भयो ?
रक्षा नेपालकि मेनुकालाई भाईको पत्र: कसैका लागि गरेर के पाउनु भयो ?
जितेको सिटमा काँग्रेसले आँखा लगाएको भन्दै प्रचण्ड र माधव नेपाल असन्तुष्ट
जितेको सिटमा काँग्रेसले आँखा लगाएको भन्दै प्रचण्ड र माधव नेपाल असन्तुष्ट
ईन्डिया पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेट फाइनलमा भारतको धेरै नमिठ्ठो हार : पाकिस्तानले १८० रनले भारतलाई हरायो
ईन्डिया पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेट फाइनलमा भारतको धेरै नमिठ्ठो हार : पाकिस्तानले १८० रनले भारतलाई हरायो
दीपिका पादुकोणले लगाएको बिकिनीको रङ्गका कारण नयाँ चलचित्र विवादमा
दीपिका पादुकोणले लगाएको बिकिनीको रङ्गका कारण नयाँ चलचित्र विवादमा
युवा खेलाडीको जोसले भरिएको इंग्ल्यान्ड
युवा खेलाडीको जोसले भरिएको इंग्ल्यान्ड

तपाईंले छुटाउनुभयो कि?