प्राचीन काली मन्दिर रङ्गेलीको पहिचान

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ८, २०७६
|
|
३५ पटक हेरिएको
Shares
प्राचीन काली मन्दिर रङ्गेलीको पहिचान

सारांश

  • मोरङको रङ्गेली नगरपालिकास्थित काली मन्दिरमा भक्तजन एवं श्रद्धालुहरु आफ्नो मनोकाङ्क्षा पूरा हुने कामनामा साथ दर्शन गर्न आउने गरेका छन् ।
  • सबै क्षेत्रबाट पूजाका लागि पुगिने यो मन्दिर विराटनगर महानगरपालिकादेखि करीब ४० किमी पूर्वमा पर्छ ।
  • हुलाकी राजमार्गसँग जोडिने रङ्गेलीबजारमा अवस्थित यो मन्दिरले स्थानीयवासीलाई पहिचान गराउन मद्दत गरिरहेको छ ।

मोरङको रङ्गेली नगरपालिकास्थित काली मन्दिरमा भक्तजन एवं श्रद्धालुहरु आफ्नो मनोकाङ्क्षा पूरा हुने कामनामा साथ दर्शन गर्न आउने गरेका छन् । सबै क्षेत्रबाट पूजाका लागि पुगिने यो मन्दिर विराटनगर महानगरपालिकादेखि करीब ४० किमी पूर्वमा पर्छ । हुलाकी राजमार्गसँग जोडिने रङ्गेलीबजारमा अवस्थित यो मन्दिरले स्थानीयवासीलाई पहिचान गराउन मद्दत गरिरहेको छ । मन्दिर तीन कठ्ठा १० धुर जग्गामा पेगोडा शैलीको कलात्मक एवं निकै आकर्षक देखिन्छ ।

मोरङको पुरानो सदरमुकाम रङ्गेलीमा अवस्थित काली मन्दिर पूर्वकै प्राचीन मन्दिर हो भने यहाँ आउने मानिसका मनोकाङ्क्षा पूरा हुने गरेको आम विश्वास छ । भक्तजन र श्रद्धालुहरुले आफ्नो मनकामना पूरा होस् भनेर पूजापाठ गर्नुका साथै बोका, परेवा, हाँसजस्ता जन्तु बलि चढाउने गर्दछन् ।

यस मन्दिरमा विवाह होस् वा सन्तान प्राप्तिका लागि माताको दर्शन गर्न जाने भक्तजनको भीड लाग्नुले रङ्गेलीको परिचय र महिमा बढेको पाइन्छ । यो मन्दिर कहिले र कसरी स्थापना भयो भन्ने कुरा यकिन गर्न नसके पनि करीब २०० वर्ष पुरानो रहेको स्थानीयवासीको अनुमान छ ।

काली मन्दिर व्यवस्थापन समितिबाट मन्दिरको कार्य चलेको पुजारी तीर्थप्रसाद भण्डारीले बताउनुभयो ।
मन्दिरको नयाँ भवन निर्माण भएसँगै हरेक वर्षको वैशाख शुक्ल अष्टमीको दिन काली मन्दिरले वार्षिकोत्सव मनाउने गरेको छ । त्यस दिन भारतको विभिन्न ठाउँहरुबाट पनि भक्तजनहरु आउने गरेका छन् ।

सरकारी खर्चबाट कुनै किसिमको सहयोग नरहेको र सरकारी निकायले ध्यान नदिएको पुजारी भण्डारीले गुनासो गर्नुभयो । आर्थिक सहयोग कतैबाट नजुटेपछि भक्तजनबाट उठेको रकम मन्दिरकै काममा खर्च गर्ने व्यवस्था मिलाइएको छ ।
यस्तै, रङ्गेली बजारमा संसारीमाईको मन्दिर पनि छ । काली मन्दिर पूजापाठका लागि पुग्ने भक्तजन एवं श्रद्धालुहरु संसारीमाईस्थानमा पनि पुगेर पूजापाठ एवं धार्मिक क्रियाकलाप गर्ने गरेको स्थानीयवासी बलराम पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्वतमा शिक्षक पक्राउ सार्वजनिक अपराधमा मुद्दा चलाइने
पर्वतमा शिक्षक पक्राउ सार्वजनिक अपराधमा मुद्दा चलाइने
विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?
विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?
काठमाडौँ महानगरपालिकाद्धारा स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी
काठमाडौँ महानगरपालिकाद्धारा स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी
कांग्रेसको संगठन बिस्तारमा लागे पुनर्निर्माणका सिइओ-एमाले 
कांग्रेसको संगठन बिस्तारमा लागे पुनर्निर्माणका सिइओ-एमाले 
प्रधानमन्त्री जीवनसङ्गिनी सीताप्रति श्रद्धाञ्जलि अर्पण
प्रधानमन्त्री जीवनसङ्गिनी सीताप्रति श्रद्धाञ्जलि अर्पण
पत्रकार वीरेन्द्र साहको हत्यारा १२ वर्षपछि पक्राउ
पत्रकार वीरेन्द्र साहको हत्यारा १२ वर्षपछि पक्राउ
कोलकात्ता बन्दरगाहबाट ढुवानीमा इसीटीएस प्रणाली लागू
कोलकात्ता बन्दरगाहबाट ढुवानीमा इसीटीएस प्रणाली लागू
आमसञ्चार क्षेत्रमा समावेशी सवाल इन्द्रधनुष जस्तै देखिनुपर्ने निष्कर्ष
आमसञ्चार क्षेत्रमा समावेशी सवाल इन्द्रधनुष जस्तै देखिनुपर्ने निष्कर्ष
नेपाल-भारत सिमामा आउत जावत गर्न  परिचयपत्र देखाउनु पर्ने
नेपाल-भारत सिमामा आउत जावत गर्न परिचयपत्र देखाउनु पर्ने
सामाजिक सञ्जाल प्रयोगकर्तामाथि कडाइ
सामाजिक सञ्जाल प्रयोगकर्तामाथि कडाइ

तपाईंले छुटाउनुभयो कि?