साइकलमा २० मुलुकको भ्रमण, नेपाल सुरक्षित रहेको संदेश

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ४, २०७५
|
|
२५ पटक हेरिएको
Shares
साइकलमा २० मुलुकको भ्रमण, नेपाल सुरक्षित रहेको संदेश

सारांश

  • काठमाडौँ, ४ जेठ ।
  • तीन नेपाली साइकल यात्रीले भूकम्पपछिको नेपाल सुरक्षित भएको सन्देश दिँदै विश्वका २० मुलुकको भ्रमण गरेका छन् ।
  • विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति भएको नेपाल अहिले सुरक्षित रहेको सन्देश दिँदै काठमाडौँका २२ वर्षीय अनिश ढकाल र दिलीप क्षत्री तथा पोखराका ४२ वर्षीय निर्मल बरालले २० देशको भ्रमण गरेका हुन् ।

काठमाडौँ, ४ जेठ । तीन नेपाली साइकल यात्रीले भूकम्पपछिको नेपाल सुरक्षित भएको सन्देश दिँदै विश्वका २० मुलुकको भ्रमण गरेका छन् ।

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति भएको नेपाल अहिले सुरक्षित रहेको सन्देश दिँदै काठमाडौँका २२ वर्षीय अनिश ढकाल र दिलीप क्षत्री तथा पोखराका ४२ वर्षीय निर्मल बरालले २० देशको भ्रमण गरेका हुन् ।

बुद्धको देश नेपालको झण्डा, बुद्धको झण्डा लिएर यात्रामा निस्केका तीन यात्रीले नेपालका विभिन्न भाग, भारत, बंगलादेश, श्रीलङ्का, म्यानमार, थाइल्याण्ड, लाओस्, कम्बोडिया, बु्रनाई, सिंगापुर, मलेसिया, ताइवान, दक्षिण कोरिया, इजरायल, चिली, अर्जेन्टिना, बोलिभिया, ब्राजिल र अमेरिकाको भ्रमण गरेका हुन् ।

साइकल यात्रीले शुक्रबार पत्रकार सम्मेलन गरी नेपाललाई विश्वमाझ चिनाउन आफूहरु साइकल यात्रामा निस्केको जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा विश्व साइकल यात्रीका संयोजक अनिश ढकालले सन् २०१६ डिसेम्बरमा पोखराबाट विश्व साइकल यात्रा पूरा गरेको जानकारी दिनुभयो । “साइकल यात्री डा अमृत बराल र अजित बरालको प्रेरणाबाट हामीहरु यात्रामा निस्केका हौँ”, उनले भने ।

जान चाहेको ठाउँमा भिसा लाग्ने समस्या हुने गरेको बताउँदै उहाँले आगामी दुई महिनाबाट युरोपका १२ देशको भ्रमण गर्न लागेको बताए। पाँच वर्षमा विश्वका सबै महादेशको भ्रमण गर्ने आफूहरुको सोच रहेको उनले जानकारी दिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दीपक महतले नेपालको बारेमा साइकल यात्रामार्फत विश्वलाई चिनाउन सफल भएको भन्दै आगामी दिनमा पर्यटन बोर्डले गर्ने सहयोग गर्न तयार रहेको बताए । “यात्रीले यात्रालाई औचित्यपूर्ण बनाउन विदेशी पर्यटकलाई नेपालमा भ्रमण गर्ने वातावरण सिर्जना गर्नुपर्छ”, भने ।

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका पूर्व सदस्य राजेन्द्रप्रसाद सापकोटाले बुद्धको जन्मस्थानदेखि सगरमाथासम्मलाई विश्वमाझ चिनाउन यात्रीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले विश्वका १४ अग्ला हिमालमध्ये आठ हिमाल नेपालमा भएको भन्दै उक्त हिमाललाई विश्वमाझ चिनाउन जरुरी रहेको बताए ।

नेपाल एशोसिएसन टुर्स एण्ड ट्राभल्स एजेन्ट ९नाट्टा०का प्रथम उपाध्यक्ष अच्युत गुरागार्इंले विभिन्न देशमा यात्राका लागि जाँदा त्यहाँको दूतावाससँग समन्वय गरेर अगाडि बढ्दा यात्रा सार्थक हुने बताए ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी, टानका पूर्व महासचिव सागर पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया, पर्यटन व्यवसायी राजन सिंखडालगायतले साइकल यात्राले नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुगेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?