नियमनकारी निकाय कब्जा गरेर नीतिगत रुपमा चरम भ्रष्टाचार भइरहेको डा.वाग्लेको दाबी https://shikharkhabar.com/2023/12/22/160158

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ६, २०८०
|
|
४३ पटक हेरिएको
Shares
नियमनकारी निकाय कब्जा गरेर नीतिगत रुपमा चरम भ्रष्टाचार भइरहेको डा.वाग्लेको दाबी  https://shikharkhabar.com/2023/12/22/160158

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा.
  • स्वर्णिम वाग्लेले नियमनकारी निकाय कब्जा गरी नीतिगत रुपमा चरम भ्रष्टाचारको युगमा मुलुक रहेको बताएका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले नियमनकारी निकाय कब्जा गरी नीतिगत रुपमा चरम भ्रष्टाचारको युगमा मुलुक रहेको बताएका छन् । शुक्रवार वैदेशिक सहयोगको प्रभावकारीता आधारित डा.डिल्लीराज खनालद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै सांसद वाग्लले यस्तो बताएका हुन् ।

उनले नेपालमा नीतिगत सेटिङका आधारमा नियुक्ति समेत किनबेच हुने गरेको बताए । उनले यस्तो देशमा वैदेशिक सहायता दिने देशहरुले वित्तिय पारदर्शीतामा बाँध्नुपर्छ भन्ने विषयको पक्षधर रहेको बताए । उनले वैदेशिक सहायता निकायहरुले वित्त शर्त, वित्त अनुशासन र पारदर्शीतामा नबाँधे अझ बढी भ्रष्टाचार बढ्ने बताए । उनले अहिले कागज मिलाएर अर्बौंको भ्रष्टाचार गर्ने काम भइरहेको बताए ।

उनले ठेक्दार,नेता र कर्मचारीको मिलेमतोबाट नियुक्ति किनबेच,नीतिगत कब्जा र पूर्वाधार निर्माणमा समेत भ्रष्टाचार भइरहेको बताए । उनले वैदेशिक एजेन्सीहरुले दिने सहयोगमा अझै पनि त्यस्ता ठाउँहरुमा निरपेक्ष रुपमा आर्थिक मितव्ययिताका लागि शर्त आवश्यक रहेको बताए ।

उनले भने,‘ देशै भताभुङ्ग भएको बेलामा एण्डलाइटण्ड कण्डिसाइलिटिको पक्षधर हो । केहीले त बाधि दिनुप¥यो । केहीले नज गर्नुप¥यो । नभए यहाँ हरेक नियुक्तिदेखि बेचबिखन हुने । नीतिगत सेटिङको हिसावले नियमावली चैतमा १२ औं संशोधन गर्नुहुन्छ । कागज मिलाएर अर्बौंको भ्रष्टाचार गर्ने देशमा ठेक्का पट्टाको कुरै नगरौं । सबैतिर भ्रष्टाचार,पार्टीहरुको आर्थिक बाटो कमसल पूर्वाधारबाट हुन्छ । ठेक्दार,नेता र कर्मचारीको मिलेमतोबाट नियुक्ति किनबेच,नीतिगत कब्जा(नियमनकारी निकाय नै कब्जा गर्ने),संवैधानिक निकाय कब्जा गरेर नीतिगत रुपमा नै चरम भ्रष्टाचारको युगमा गएका छौं । यसको अन्त्य हामी गर्छौं । पूर्वाधारमा पनि यस्तो भइरहेको छ । तीन वटैमा बाहिरबाट पैसा दिनेहरुले पारदर्शी गर नभन्ने हो भने कति छाडा होला ? निरपक्ष रुपमा अरु केही जान्दैनन् हामी नै हौं जानकार ७० को दशकमा आए होलान् । तर अहिले हामी संवाद गर्नसक्छौं । तिम्रो कुरा मान्य छैन भनेर निकाल्न सक्ने हैसियत छ । तर जहाँ जहाँ चाहिन्छ त्यहाँ वित्त शर्त आवश्यक छ ।’

उनले प्रदेश सरकारहरुलाई पञ्चवर्षिय योजनाहरु बनाउन कन्सल्टेन्ट बुद्धिजीविहरुको आवश्यकता नभएको बताए । उनले सरकारले बनाउने नीतिमा लैंगिक,धार्मिक,जातिय अवस्थालाई समावेश गर्ने खालका नीतिहरु बनाउनसके संघीयता त्यसको एउटा अंश हुनसक्ने बताए । उनले सिंहदरबारमा १० जना एडभाइजर राखिएको तर अब कोशी,कर्णालीमा पनि राख्नुपर्छ भन्ने कुरा आफू सरकारमा गयौं भने खारेज गर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनआरएनए आईसीसीको सह-कोषाध्यक्षमा ददीवल खड्काको सम्भावना बलियो
एनआरएनए आईसीसीको सह-कोषाध्यक्षमा ददीवल खड्काको सम्भावना बलियो
लन्डनमा कमरेड भाउजू !
लन्डनमा कमरेड भाउजू !
जुवा खेलेर एकलाख जितेपछि बनाएकाे ‘गार्डेन अफ ड्रिम्स’
जुवा खेलेर एकलाख जितेपछि बनाएकाे ‘गार्डेन अफ ड्रिम्स’
निर्मला हत्या प्रकरणको प्रतिवेदन गृहमन्त्रीको हातमा, दोषी समातिएलान् ?
निर्मला हत्या प्रकरणको प्रतिवेदन गृहमन्त्रीको हातमा, दोषी समातिएलान् ?
निर्वाचन हुँदैन कि भन्ने प्रश्न गरिरहनु सान्दर्भिक हुँदैनः यादव
निर्वाचन हुँदैन कि भन्ने प्रश्न गरिरहनु सान्दर्भिक हुँदैनः यादव
सुपथ मूल्यको पसलमा उपभोक्ताको भीड
सुपथ मूल्यको पसलमा उपभोक्ताको भीड
दुईवटा ट्रक एकापसमा ठोकिँदा दुई जनाको मृत्यु
दुईवटा ट्रक एकापसमा ठोकिँदा दुई जनाको मृत्यु
छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण ,मतदान गर्ने समय सकियो!
छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण ,मतदान गर्ने समय सकियो!
चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
इन्दीरा घलेद्धारा २० जना बालबालिकालाई छात्रबृत्ति प्रदान  !
इन्दीरा घलेद्धारा २० जना बालबालिकालाई छात्रबृत्ति प्रदान !