नेकपा बैठक धुम्बाराहीमा २ बजे बस्दै, ओली जान मानेनन्

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १७, २०७७
|
|
३५ पटक हेरिएको
Shares

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीको सचिवालयको जारी बैठक आज धुम्बाराहीमा बस्ने भएको छ ।
  • पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठक एक घन्टा ढिलो गरी २ बजे बस्न लागेको हो ।
  • नेकपा वरिष्ठ नेता झलनाथ खनालका अनुसार बैठक एक घन्टा ढिलो गरी बस्न थालेको हो ।

नेपाल कम्युनिस्ट पार्टीको सचिवालयको जारी बैठक आज धुम्बाराहीमा बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठक एक घन्टा ढिलो गरी २ बजे बस्न लागेको हो ।

नेकपा वरिष्ठ नेता झलनाथ खनालका अनुसार बैठक एक घन्टा ढिलो गरी बस्न थालेको हो । बैठक कुनै हालतमा स्थगित नहुने खनालले स्पष्ट पारे । यसअघि अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा नआउने बताएपछि स्थगित हुने चर्चा चलेको थियो ।

बैठकमा प्रधानमन्त्री ओलीले सुरक्षाका कारण अनुपस्थित हुने जनाइसकेका छन् । उनले धुम्बाराही जान मानेका छैनन् । ओलीले पार्टी सचिवालय बैठकका लागि विभिन्न शर्त अगाडि सारेका छन् । यसलाई उनको पार्टी बैठक टार्ने बहानाका रुपमा विरोधी समूहले लिएका छन् ।

यसअघि मङ्गलबार बसेको सचिवालय बैठकमा ओली र प्रचण्डबीच चर्काचर्की परेको छ । ओलीले प्रचण्डलाई कारबाहीको धम्की दिएका थिए । दुवै नेताबीच आरोप प्रत्यारोपले स्थिति साम्य पार्न अन्य नेताहरुलाई मुश्किल परेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?