३९ हजार सवारी साधन कारवाहीमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ११, २०७४
|
|
१८ पटक हेरिएको
Shares
३९ हजार सवारी साधन कारवाहीमा

सारांश

  • सुरुङ्गा, झापा, ११ चैत ,  चालू आर्थिक वर्षको आठ महिनामा झापामा ३९ हजार २५० सवारी साधन चालक कारवाहीमा परेका छन् ।
  • कारवाहीमा परेकामध्ये सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन् ।
  • जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालू आवमा कारवाहीमा परेका चालकबाट ट्राफिक प्रहरीले रु दुई करोड ४९ लाख ३९ हजार राजश्व संकलन गरेको छ ।

सुरुङ्गा, झापा, ११ चैत ,  चालू आर्थिक वर्षको आठ महिनामा झापामा ३९ हजार २५० सवारी साधन चालक कारवाहीमा परेका छन् ।

कारवाहीमा परेकामध्ये सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालू आवमा कारवाहीमा परेका चालकबाट ट्राफिक प्रहरीले रु दुई करोड ४९ लाख ३९ हजार राजश्व संकलन गरेको छ ।

प्रहरी निरीक्षक राजेश राईका अनुसार चालू आवको फागुन मसान्तसम्ममा कारवाहीमा परेका चालकबाट उक्त राजश्व संकलन भएको हो । चालू आवको फागुन महिनामा मात्रै सबैभन्दा बढी राजश्व संकलन भएको थियो । प्रहरीका अनुसार फागुन महिनामा मात्रै पाँच हजार ९०० सवारी चालक कारवाहीमा पर्दा रु ५० लाख ९९ हजार राजश्व संकलन भएको हो ।

फागुन महिनामै दुई हजार एउटा मोटरसाइकल कारवाहीमा परेका छन् । जसबाट प्रहरीले रु १५ लाख ३० हजार ५०० राजश्व संकलन गरेको छ । त्यस्तै एक हजार ५१८ वटा ट्रक कारवाहीमा पर्दा रु १९ लाख ३८ हजार ५०० राजश्व संकलन भएको छ । ट्राफिक नियम उल्लंघन गर्नेमध्ये ७६२ वटा कार, जिप, भ्यानका चालक कारवाहीमा परेका छन् । जसबाट प्रहरीले रु पाँच लाख ९० हजार राजश्व संकलन गरेको छ ।

यता ६३२ वटा बस चालक करवाहीमा पर्दा रु चार लाख ३५ हजार राजश्व संकलन भएको छ । पाँच सय ८५ ट्र्याक्टर चालक कारवाहीमा पर्दा रु तीन लाख ८४ हजार ५०० राजश्व संकलन भएको बताइएको छ । त्यस्तै ४११ वटा ट्याम्पु र इ–रिक्सा कारवाहीमा पर्दा रु दुई लाख ४२ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

अघिल्लो आव ट्राफिक प्रहरीले रु तीन करोड १० लाख ६० हजार राजश्व संकलन गरेको थियो । गत वर्ष ५२ हजार ६२७ सवारी चालक कारबाहीमा परेका थिए । गत वर्ष पनि सबैभन्दा बढी दुई पाङ्गे्र सवारी अर्थात् मोटरसाइकल चालक नै कारवाहीमा परेका थिए । गत वर्ष २१ हजार २५३ वटा मोटरसाइकल चालक कारवाहीमा परेका थिए ।

वर्षेनी सवारी चाप बढ्नु र ट्राफिक नियम जानाजान उल्लङ्घन गर्नुले बढी सवारी चालक कारवाहीमा पर्ने गरेको प्रहरी निरीक्षक राईको भनाइ थियो । उहाँले राससलाई भन्नुभयो, “ट्राफिक नियम आफ्नै लागि हो भन्ने जान्दाजान्दै पनि सर्वसाधारणले ट्राफिक नियम पालना गर्दैनन् ।”

मापसे जरिवानामाबाट नौ लाख

मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनु हुँदैन भन्ने ज्ञान सबैलाई छ तर पनि अटेरी गर्दै मादक पदार्थ सेवन गर्ने र सवारी साधन चलाउने ९१३ चालकलाई गरिएको कारवाहीबाट ट्राफिक प्रहरीले चालू आवको १० महिनामा रु नौ लाख १३ हजार राजश्व संकलन गरेको हो ।

ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानमा नियमित जाँच र छड्के जाँचका क्रममा कारवाहीमा पर्ने सवारी चालकमध्ये सबैभन्दा बढी मोटरसाइकल चालक नै रहेका छन् । मादक पदार्थ सेवन गर्ने ६९९ मोटरसाइकल चालक कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

धमाधम जनचेतना तर व्यवहारमा शून्य

जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाका विभिन्न स्थानमा दिनहुँजसो सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । तर शिक्षित व्यक्ति नै दुर्घटनामा बढी पर्ने गरेका हुन् । विद्यालयस्तरबाटै ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि सिकेको ज्ञानलाई व्यवहारमा नउतार्दा दुर्घटना न्यूनीकरण हुन सकेको छैन ।

चालू आवमा मात्रै ट्राफिक प्रहरीले तीन हजार ३९३ विद्यार्थीलाई ट्राफिक नियमका विषयमा जानकारी गराएको छ । २३ वटा विभिन्न विद्यालयमा प्रहरीले फरक फरक मितिमा कार्यक्रम गर्दै चेतना अभिवृद्धि गरे पनि प्रहरीले चलाएको अभियान सफल हुन सकेको छैन ।

ट्राफिक प्रहरीले सामुदायिक सेवामार्फत व्यावसायिक चालक तथा परिचालक र सर्वसाधारणलाई पनि सचेतना जगाउन कार्यक्रम सञ्चालन गरेको छ ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोस्रोपटक याैन सम्पर्क गर्न नमानेपछि प्रेमिले गरे प्रेमिकाकाे हत्या
दोस्रोपटक याैन सम्पर्क गर्न नमानेपछि प्रेमिले गरे प्रेमिकाकाे हत्या
‘नागरिकता विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी’
‘नागरिकता विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी’
सशस्त्र द्वन्दको पीडा, सात वर्षदेखि साङ्लोमै सिंहबहादुरको जीवन
सशस्त्र द्वन्दको पीडा, सात वर्षदेखि साङ्लोमै सिंहबहादुरको जीवन
जनार्दन शर्माले पहिलो पटक आफैंलाई भोट हाले
जनार्दन शर्माले पहिलो पटक आफैंलाई भोट हाले
डा. बाबुराम भट्टराई समृद्धिका खाका सुनाउँदै
डा. बाबुराम भट्टराई समृद्धिका खाका सुनाउँदै
1XBET Azerbaycan İdman üzrə onlayn mərclər ᐉ Bukmeker şirkəti 1xBet giriş ᐉ aze 1xbet.co
प्रधानमन्त्री दाहालसँग राष्ट्रसंघीय उच्च प्रतिनिधि फतिमाको भेट
प्रधानमन्त्री दाहालसँग राष्ट्रसंघीय उच्च प्रतिनिधि फतिमाको भेट
एसिया कपका सबै खेलले एकदिवसीय मान्यता पाउने, साेझाे फाइदा हङ्कङ्लाई !
एसिया कपका सबै खेलले एकदिवसीय मान्यता पाउने, साेझाे फाइदा हङ्कङ्लाई !
बोलीले होइन कामबाट नतिजा खोजौँ : मन्त्री गुरुङ
बोलीले होइन कामबाट नतिजा खोजौँ : मन्त्री गुरुङ
व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

तपाईंले छुटाउनुभयो कि?