पाइपबाट घरघरमा ग्यासको उद्घाटन गर्दै प्रधानमन्त्री ओली
सारांश
- काठमाडाै, ५ भदाै ।
- प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार(आज) विराटनगर जाँदै छन्।
- विराटनगर महानगरपालिका–१४ मा पाइपबाट घरघरमा ग्यास जडानको उद्घाटन तथा निरीक्षण गर्न प्रधानमन्त्री ओली त्यता जान लागेका हुन्।
काठमाडाै, ५ भदाै । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार(आज) विराटनगर जाँदै छन्।विराटनगर महानगरपालिका–१४ मा पाइपबाट घरघरमा ग्यास जडानको उद्घाटन तथा निरीक्षण गर्न प्रधानमन्त्री ओली त्यता जान लागेका हुन्। मंगलबार प्रधानमन्त्री ओली विराटनगर प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए।
विश्व बैंकको ८४ लाख रुपैयाँ लगानीमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पाइपमार्फत् स्थानीय बासिन्दाको भान्सासम्म ग्यास पु¥याएको हो।स्थानीय गोसेवा सदनले गाईको गोबर संकलन गरी बायोग्यास उत्पादन गरेको हो। विराटनगर–१४ का सयभन्दा बढी स्थानीयका घरघरमा बिछ्याएर ग्यास पु¥याइएको छ। त्यहाँका बासिन्दाले त्यही ग्यासबाट खाना पकाउन थालेका छन्।
एलपी ग्यासको एक सिलिन्डरमा भए जति बायोग्यास उपभोग गर्दा ११ सय रुपैयाँ उपभोक्ताले तिर्नुपर्ने बताइएको छ । उक्त ग्यास उद्घाटन तथा निरीक्षणपछि प्रधानमन्त्री ओली आज साँझ इटहरी बास बस्ने र भोलि(बुधबार) गृहजिल्ला झापामा भेटघाटलगायत विभिन्न कार्यक्रममा सहभागी भई बुधबारै दिउँसो काठमाडौं फर्कने कार्यक्रम रहेको प्रेस सल्लाहकार अर्यालले जानकारी दिए।
प्रतिक्रिया