नेपालकाे कमब्याक, बिमलले गरे बराबरी गाेल !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १९, २०७५
|
|
२९ पटक हेरिएको
Shares
नेपालकाे कमब्याक, बिमलले गरे बराबरी गाेल !

सारांश

  • ढाका (बंगलादेश), १९ भदाै ।
  • साफ च्याम्पियनसिप २०१८ को पहिलो खेलमा नेपालले पाकिस्तानसँग १-१ गाेलकाे बराबरी गरेकाे छ ।
  • खेलकाे ८२ अाैँ मिनेटमा बिमलले गाेल गर्दै बराबरी गरेका हुन् ।

ढाका (बंगलादेश), १९ भदाै । साफ च्याम्पियनसिप २०१८ को पहिलो खेलमा नेपालले पाकिस्तानसँग १-१ गाेलकाे बराबरी गरेकाे छ । खेलकाे ८२ अाैँ मिनेटमा बिमलले गाेल गर्दै बराबरी गरेका हुन् । खेलको ३४ औं मिनेटमा नेपालले आफ्नो डिबक्सभित्र फल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको पाकिस्तानले लामाे समय अग्रता लिएकाे थियो ।

बंगलादेशको राजधानी बंगबन्धु राष्ट्रिय रंगशालामा साफ सुजुकी कपको पहिलो खेलमा दुई टिमबीचको खेल जारी छ ।खेलको सुरुवातीमै नेपालले आत्रमक खेल खेलेको थियो । तर, गोल गर्न भने सकेन । खेलको २३ औं मिनेटमा पाकिस्तानका खेलाडीले पाएको राम्रो अवसर चुकाउँदा अग्रता बनाउन सकेन । त्यस्तै, खेलको २४ औं मिनेटमा विमल घर्तीमगरले राम्रो बल निकालेका थिए । अन्तमा खेलकाे ८२ अाैँ मिनेटमा नेपालले बराबरी गरेकाे हाे ।

समूह ‘ए’ मा नेपालसँगै आयोजक राष्ट्र बंगलादेश, पाकिस्तान र भुटान छन् भने समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स छन् ।

समूह ए कै अर्को खेलमा आयोजक राष्ट्र बंगलादेशले भुटानको सामना गर्दैछ । बंगलादेश र भुटानबीचको खेल स्थानीय समयअनुसार राति ७ बजे सुरु हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?